कर्णालीका ६७ प्रतिशत जनसंख्या उर्जाको पहुँचमा
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शनिबार ०:७:१
५ फागुन, सुर्खेत । कर्णाली प्रदेश भरी ६७ प्रतिशत नागरिकहरु उर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजानिक भएको छ । भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजानिक गरेको तथ्यांक अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता १,८००० मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा उर्जाको पहुँच पुगेको हो ।
कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था ८.२५ मेगावाट मात्र रहेको छ । पञ्च बर्षीया प्रक्षेपन अनुसार ९० प्रतिशत जनसंख्यामा उर्जाको पहुँच पुग्ने लक्ष्य राखिएकोमा छ । २०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको समेत समेटिएको छ । दैलेखमा रहेको द्धारीखोला जलविद्युत आयोजनाको ३.७५ उत्पादन सुरु भएको छ । जगदुल्ला हाईड्रो पावर कम्पनीमा कर्णाली प्रदेश सरकारको शेयर लगानीसमेत गरिसकेको छ । दैलेखको चामुण्डा विन्दाशैनी ठाँटिकाँध ग्रामिण विद्युतिकरण वहुवर्षीय आयोजना विद्युत प्राधिकरणसँग सम्झौतामा कार्यान्वयन प्रारम्भ गर्ने गरी २२ करोडमा काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारको तर्फबाट १० प्रतिशत लागत साझेदारी हुने गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट संचालन हुने जाजरकोट जिल्लाका जुनी सौर्य मिनिग्रिड आयोजना ९३५ किलोवाट०, कुशे ठाँटिकाँध सौर्य मिनिग्रिड आयोजना १६० किलोवाट र नलगाड नगरपालिका ८ मसिरी सौर्य मिनिग्रिड आयोजना १८ किलोवाट कार्यान्वयनमा रहेका छन् ।
कर्णालीमा विद्युत उत्पादन क्षमता १,८००० मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा उर्जाको पहुँच पुगेको हो ।
९ हजार ३५९ मेगावाटका ५५ वटा विद्युत उत्पादन क्षमता भएका आयोजनाहरु स्वीकृत भएर पाइप लाइनमा रहेको मन्त्रालयका महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए । प्रदेशबाट अहिले ४२ वटा योजनाहरु चालु अवस्थामा रहेका छन् । प्रदेश सरकारले मात्र ९ हजार ४६३ घरधुरीमा ऊर्जाको पहुँच पुर्याएको छ । कर्णालीका डोल्पा , हुम्ला , मुगु , जुम्ला र कालिकोट जस्ता हिमाली पाँच जिल्लामा सोलार मिनिग्रेटको अध्ययन गरी निर्माण सुरु गर्ने लक्ष्य समेत राखिएको छ ।
प्रथम पञ्चवर्षीय योजना ९२०७६/०७७–२०८०/०८१० निर्माणमा प्रस्ताव गरिएका पूर्वाधार विकासका कार्यक्रमहरु÷दिर्घकालीन परिमाणात्मक लक्ष्य अन्तरर्गत आधार वर्ष २०७५/०७६ को स्थिति ८.२५ मेगावाट , प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य ९२०८०/०८१०मा २०० मेगावाट , आर्थिक वर्ष २१००/०१ को प्रदेशको लक्ष्य ७००० मेगावाट र आर्थिक वर्ष २१००/०१ को राष्ट्रिय लक्ष्य अनुुसार ४० हजार मेगावाट विद्युुत उत्पादन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २१००/०१ को राष्ट्रिय लक्ष्य अनुुसार कर्णालीमा १०० प्रतिशत जनसंख्यमा विद्युत पुग्ने लक्ष्य राखिएको छ ।
राष्ट्रिय प्रशारण लाइनको विस्तार अन्तरर्गत संघीय सरकारसँग समन्वय गरी प्रदेश सरकारले रुकुम पश्चिमको बाँफीकोट–नलगाड–फुकोट ४०० केभी, फुकोट–वेतन–दोधारा ४०० केभी, नलगाड –कोहलपुर ४०० केभी र कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार कार्य शुरु गर्ने काम सुरु भएको छ ।
भेरी–ववई डाइभर्सन जलविद्युत आयोजना सुर्खेतबाट संघीय सरकारसँग समन्वय गरी ४६ मेगावाट र प्रदेशकै पहलमा ९ मेगावाट जलविद्युत आयोजनाको निर्माण कार्य प्रारम्भ गर्न लागिएको महाशाखा प्रमुख शर्माले जानकारी दिए । कर्णाली प्रदेश भित्र निर्माण गर्नका लागि काम चाल अवस्थामा रहेको बिभिन्न आयोजनाहरुमा प्रदेशले सहजिकरण गरिरहेको छ ।
डोल्पामा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, नलगाड जलाशययुक्त जलविद्युत आयोजना जाजरकोट ४१० मेगावाट, बेतन कर्णाली जल विद्युत आयोजना सुर्खेत ६८८ मेगावाट, फुकोट कर्णाली जल विद्युत आयोजना कालिकोट ४२६ मेगावाट, माथिल्लो कर्णाली जलविद्युत आयोजना दैलेख ९०० मेगावाट, भेरी–१ जलविद्युत आयोजना ४४० मेगावाट, भेरी–४ जलविद्युत आयोजना ३०० मेगावाट , हुम्ला कर्णाली–१ जलविद्युत आयोजना हुम्ला २३५ मेगावाट र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना हुम्ला ३३५ मेगावाट लगाएतका आयोजनाहरु रहेका छन् ।
कर्णाली प्रदेशको दिर्घकालीन सोच, लक्ष्य उद्देश्य अनुसार आर्थिक सामाजिक र सास्कृतिक रुपान्तरणका १० वटा प्रमुख संवाहक पहिचान गरिएकोमा कर्णाली समृद्धिको प्रमुख संवाहकको रुपमा जलविद्युतलाई अंगिकार गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार