बैशाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शनिबार ३:३३:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news461680.-e1676649818957_8UP3sChvJd.jpg)
५ फागुन, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा आगामी वैशाख २ गतेदेखी वैशाख ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको तयारी गरिएको हो ।
जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ गर्न लागिएको जानकारी दिएको हो । जन्तेढुंगा गाउँपालिकाका–५ चिसापानीको खर्क खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद २ लाख ५५ हजार ५ सय र दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने छन् ।
यस्तै, सेमिफाइनलिष्ट टिमलाई नगद ५०–५० हजारका साथमा प्रमाण–पत्र प्रदान गरिने जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिए । गोल्डकपमा उत्कृष्ट एक जना स्ट्राइकर, उत्कृष्ट एक गोल्डकिपर र एक जना उत्कृष्ट एक डिफेण्डरलाई जनही १० हजार तथा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
खेल क्षेत्रको विकास र प्रवद्र्धनका साथै खेलाडीको प्रोत्साहन गर्ने उद्धेश्यले गोल्डकपको आयोजना गरिएको हो । गोल्डकपमा अनुमानित ३० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । ‘फुटबलको व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको हो,’ अध्यक्ष राईले भने, ‘खेल र खेलाडीसँगँै गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिमा पनि टेवा पुग्ने अपेक्षा राखेका छौँ ।’
गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय तथा खेलप्रेमी जनसमुदाय समक्ष सहयोगको अपिल गर्ने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट खेलाडीको उपादनसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए ।
फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिका स्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार