गिजोल्दै राजनीतिः शक्ति हत्याउने र एकले अर्कालाई हराउने राजनीतिले प्रचण्ड र ओलीमध्ये कसले जित्ने होला ?
भेषराज पोखरेल
फागुन ६, २०७९ शनिबार ११:४५:२३
राजनीति सही बाटोमा हिँड्न सत्तामा सहभागी दलहरुबीच निश्चित नीति तथा मूल्य मान्यतामा सहमति हुनुपर्छ । ती दलका नेताहरुबीच विश्वासको वातावरण हुनुपर्छ । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुईवटा दह्रा कम्युनिष्ट खम्बाका नायकहरुबीच सहमति होइन तीक्तता बढ्न थालेको देखिएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति तथा अन्य संवैधानिक पदका भागबण्डालाई लिएर तीक्तता बढ्न थालेको हो ।
प्रधानमन्त्री दाहालले एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउन चाहेका छैनन् । त्यसो गर्न सकियो भने आफ्नो शक्ति बढाउन सकिन्छ कि भन्ने औंला गनाइमा छन् । ओलीले राष्ट्रपति एमालेको त्यसैमा पनि आफ्नो पक्षको बनाएर विशेष शक्ति आर्जन गर्न चाहन्छन् । त्यसो गर्न सकियो भने कांग्रेस आदि दल उठ्न कठिन हुने हिसाबकिताब गरिरहेका छन् । यी दुई नेताहरुको पद र शक्ति आर्जन गर्ने महत्वाकांक्षा र आपसी अविश्वासले डरलाग्दो तीक्तता बढ्न सक्ने देखिएको छ । यी दुई नेताको दाउपेचले राष्ट्र र जनतालाई ठूलो हानि गर्ने स्पष्ट देखिएको छ ।
सहमति गरेर अगाडि बढ्न मञ्जुर भएका ठूला कम्युनिष्ट दलका नेताहरु प्रचण्ड र केपी ओलीबीच बलियो आपसी विश्वास हुनुपथ्र्यो । समयको बाध्यताले गठबन्धन गर्न पुगेका यी दुई नेता शक्ति आर्जन गर्न जुनसुकै मूल्य चुकाउन तयार भएकाले पनि आपसी विश्वासको शंकट उत्पन्न भएको हो । सिद्धान्तको गठजोड भएको भए यस्तो विश्वासको शंकट हुने थिएन सायद । अर्को, निश्चित समय र निश्चित उद्देश्य प्राप्तिका लागि गठजोड भएको भए पनि ती उद्देश्य प्राीपतका लागि हुने आपसी सौदा एक अर्कालाई स्वीकार्य हुन्थ्यो । केपी ओलीले राजनीतिक हैसियतमा कमजोर तर संसदमा तेस्रो शक्तिका रुपमा रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई त्यत्तिकै प्रधानमन्त्री पद छाडेका होइनन् । उनले राष्ट्रपति, प्रधान न्यायाधीशदेखि अन्य महत्वपूर्ण पद लिएर आफू र आफ्नो पार्टी अझ मजबुत बनाउन सकिन्छ भनेर दाहाललाई अगाडि सारेका हुन् । त्यसो हुन सकेन भने दाहाललाई सबल प्रधानमन्त्रीका रुपमा अगाडि बढ्न दिने छैनन् । यसले नेपालको विकासदेखि अनेकौं क्षेत्रमा गम्भीर असर गर्नेछ ।
ओलीले विद्या भण्डारी जस्तै आफ्नो मुठीमा रहने व्यक्तिलाई राष्ट्रपति बनाउन चाहन्छन् । उनको त्यपछिको लक्ष्य भनेको प्रधानन्यायाधीश हो । त्यसपछि अन्य महत्वपूण पद हात लिन सकियो भने प्रचण्ड वा जोसुकै पनि दाँत र नंग्रा फुकालेको बाघ जस्तै बन्ने निश्ति छ । साढे दुई वर्षपछि सत्ता आफ्नो हातमा आउने सहमति छँदैछ । त्यसपछि पहिले आफूले गरेको संसद विघटन, संवैधानिक नियुक्तिदेखि अनेक अदालतद्वार अवैधानिक घोषित भएका कामलाई वैधानिकता दिने योजना उनको छ । उता प्रधानमन्त्री पुष्पकल दाहाल ओलीको अरु कसैलाई नगन्ने र आफूले देखेको र भनेको हुनैपर्ने दम्भी व्यवहारप्रति सधैं सशंकित छन् ।
उनले सकेसम्म राष्ट्रपति पद केपी ओली र उनको दलको हातबाट फुस्काएर कांग्रेसको हातमा पारिदिन सकियो भने आफ्नो शक्ति थोरै भए पनि बढ्थ्यो कि भन्ने दाउमा छन् । अर्को, उतिबेला ओलीको कदमलाई संविधानविरोधी भनेर नेकपा फुटाएको औचित्य पनि पुष्टि गर्नु छ । अर्थात् ओलीलाई उनको कदमलाई जसरी पनि सही सावित गर्न नदिने योजना पनि छ । आफू सत्तामा भएर वा सत्ता गठबन्धनमा रहेर शक्तिविहीन अवस्थामा रहिरहनुभन्दा राष्ट्रपति कांग्रेसको देउवा खेमाको हातमा थमाउन सके सत्तामै रहँदा पनि शक्तिशाली भइने, यदि यो गठबन्धन टुटिहाल्यो भने पनि आफ्नो शक्ति बलियो रहने आँकलन गरेको देखिन्छ । जसले जेजस्तो रणनीति बनाए पनि अहिलेको अवस्थामा न दाहाल एमाले छाडेर कांग्रेससँग गठबन्धन गरेर जान सक्छन् न केपी ओलीले प्रचण्डबिना केही गर्न सक्छन् । केपी ओलीले विभिन्न कानुनी अठ्चनमा फस्दै गएको र नीति तथा योजनाविहीन रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि अन्य साना दल र तिनका नेताहरु टेको मात्र हुन्, यिनीहरुलाई जसरी पनि उपयोग गर्न सकिन्छ भन्ने मान्यतामा छन् ।
पछिल्लो समय दाहालले कांगे्रसलाई बढी विश्वास गर्न थालेको देखेर केपी ओलीले जनता समाजवादीका अशोक राई र लोकतान्त्रिक समाजवादीका शरदसिंह भण्डारीको सहयोगमा यी दललाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । यसबाट दाहाललाई धक्का दिन सकिन्छ भन्ने योजनामा छन् । आफूलाई खाँटी कम्युनिष्ट मान्ने यी दुई नेताहरुको व्यवहारलाई हेर्दा एउटै डालोमा बसेर राजनीतिलाई संस्कारयुक्त निश्चित बाटोमा हिँडाउन प्रयत्न गर्नुको साटो कसरी एकले अर्कालाई कमजोर पार्न सकिन्छ भन्नेमा सबै शक्ति खर्च गरिरहेका छन् । यो व्यवहारले दुवै नेता र उनीहरुका पार्टीलाई ठूलै असर पार्ने निश्चित छ । अर्थतन्त्र कमजोर बन्दै गएको छ । देशमा उठ्ने राजस्व कमजोर बन्दै छ । देशको मुख्य आयका रुपमा रहेको राजस्व पचास वर्षयताकै कमजोर बन्दै गएको छ । राष्ट्रिय ऋण बढ्दै गएको छ । जनताको क्रयशक्ति घट्दै गएर अर्थतन्त्र मन्दी उन्मुख अवस्थामा छ । सबै क्षेत्रमा सुशासन कमजोर बन्दै गएको छ । शासनसत्ता आफूहरुको हातमा आएका बेला तत्काल गम्भीर पहल गर्नुपर्नेमा यस्ता कुरामा यी नेताको चासो गएको देखिँदैन ।
स्थायी राजनीति दिन्छौं भन्ने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको यस्तो व्यवहारले जनता निरास बन्दै गएका छन् । एमालेले संसदमा ३२ सिट भएको दल माओवादीको हैसियतभन्दा माथि प्रधानमन्त्री दियौं भन्ने छ भने माओवादी र दाहाललाई शासन सत्ताका कुनै पनि पद पाउन नसक्ने अवस्थामा पुगेको एमालेलाई सत्ताको भाग हामीले दियौं भन्ने लागेको छ । विकास, समानता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन दिन्छौं भनेर नथाक्ने नेताको यस्तो व्यवहारले न विकास हुन्छ, न सुशासन कायम हुन्छ, न राष्ट्रियता बच्छ, न भ्रष्टचार हट्छ, न जनजीविकामा कुनै सुधार नै आउँछ । यसले राज्यसंयन्त्रमा चरम अराजकता मात्रै सिर्जना गर्नेछ । प्राविधिक रुपमा दाहालले वा ओली कसैले सत्ता चलाए पनि यस्तो मानसिकता र व्यवहारले अराजकता मात्रै सिर्जना गर्ने हो । नीति नियम, कानुन ध्वस्त हुने हो । यतातर्फ सचेत नागरिक चनाखो बन्न’ अति आवश्यक छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार