६ महिना कैद सजाय पाएका सांसद चौधरी पक्राउ परेको १८ दिनमै जेलमुक्त
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १७:१८:२१
७ फागुन, काठमाडौं । ट्रयाक्टरमा आगजनी कसुरमा ६ महिना कैद सजाय र ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुणकुमार चौधरी पक्राउ परेको १८ दिनमै जुलमुक्त भएक छन् ।
झण्डै १३ वर्षअघि २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टरमा आगो लगाएर ध्वस्त बनाएको घटनामा कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते उनीसहित ३ जनालाई आगजनी घटनामा दोषी ठहर गर्दै ६ महिना जेल कैद र जनही ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको थियो ।
सोही अनुरुप अन्य दुई जनाले क्षतिपूर्ति भराउनुका साथै कैद सजाय भोगेर थुनामुक्त भइसकेका छन् । तर चौधरी भने घटना भएदेखि नै फरार हुँदै प्रहरीको आँखा छल्दै आएकामा २०७९ माघ १९ गते मात्र बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए ।
त्यसपछि उनलाई भोलिपल्ट २० गते नै कैलालीको जेलमा थुनामा राखिएको थियो । यसबिचमा सरकारमा सुरु भएको राजनीतिक उतारचढाव र शक्ति सन्तुलन जोगाउने खेलमा परेर उनलाई सरकारले आज परेको प्रजातन्त्र दिवसको अवसरमा पारेर ५० प्रतिशत कैद भुक्तान गरिकिेका केदीलाई दिइने आममाफी मिनाहाको सुविधा पाउने सूचीमा राखेर थुनामुक्त गरिएको हो ।
उनलाई कैलाली जिल्ला कारागारबाट रिहा हुने क्रममा स्वागत गर्न आज बिहान नाउपाकी अध्यक्ष समेत रहेका सांसद रञ्जिता श्रेष्ठ चौधरी गरेकी छन् ।
अदालतबाट दोषी ठहर भएका चौधरीको रिहाइका लागि अध्यक्ष चौधरीले सरकारलाई सदनबाट निरन्तर दबाब दिँदै आएकीथिइन् । गएको हप्ता संसद बैठकमा नाउपाका अर्का सांसद गंगाराम चौधरीले चौधरीलाई राजनीतिक प्रशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै तत्काल रिहाई नगरिए सदन चल्न नदिने चेतावनी दिएका थिए ।
त्यसपछिदेखि नै चौधरीलाई रिहाईको कानूनी बाटो खोजिरहेको सरकारले कैद भुक्तानको करिब १२ प्रतिशत मात्र पूरा गरेका चौधरीलाई रिहा गरेको छ । चौधरीको रिहाईले कानूनी व्यवस्थाको धज्जी उडाएको विश्लेषण सुरु भएको छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई नाउपालाई सहभागी गराउनुपर्ने राजनीतिक बाध्यता परेको छ । साेही कारण चाैधरीले उन्मुक्ति पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार