सिरहामा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:६:४०

७ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, सप्तरीको आयोजनामा यही फागुन २ गतेदेखि ५ गतेसम्म सिरहाको लहानमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम आयोजना गरिएको छ ।
तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी कानूनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ मा भएका प्रमुख व्यवस्था, कृषि बीमालाई प्राथमिकता दिन दिइएका निर्देशन लगायतका बारेमा जानकारी दिए । कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको महत्व र सरकारबाट कृषिबीमामा उपब्ध हुँदै आएको अनुदानका बारेमा चर्चा गरेका थिए।
विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदीले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा गर्ने विधि र दाबी भुक्तानी प्रक्रियाका बारेमा जानकारी दिए । तालिममा सहभागीहरूलाई उत्पादनमा आधारित कृषिबाली, तरकारीबाली, माछा, च्याऊखेती, ब्रोइलर कुखुरा, पशुधन, मौरी, अमिलो जातका फलफूल लगायतका बीमा लेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिइएको थियो ।
तालिम समापन कार्यक्रममा सहभागीहरूलाई नेपाल बीमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अधिकर्ताको व्यवस्था, बीमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया र बीमा अभिकर्ताका लागि आचारसंहिताका बारेमा जानकारी दिनुका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, राजविराज, सप्तरीका कार्यालय प्रमुख राम सोगारथ साह, लहान प्राविधिक शिक्षालयका प्रमुख राजेन्द्र चौधरी, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरू र ३१ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटे
फागुन १२, २०८१ सोमबार
कम लगानीमा बढि आम्दानी भएपछि कृषक माहुरीपालनतर्फ आकर्षित
फागुन १२, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
माछा मार्न गएका युवकको मृत्यु
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार