टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:५१:४७
७ फागुन, काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सको उत्पादन टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।
१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएस भन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो ।अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।
स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टिभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको छ । भोइस असिस्ट फिचर अन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् ।
यो भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको कम्पनीले जनाएको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल ईन्जेक्सन ९आरटि–एफआइ० ईन्जिनले ५५०० आरपीएमका साथ १०।२ पीएसको पावर र १०।८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ वल्व सिभिटीआई–रेभ ईन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रति घण्टा रहेको छ ।
जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले भने , “२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डद्वारा सम्मनित हुन पाउँदा एकदमै गौरव महसुस भएको छ । हुन पनि यो टिभिएस् एनटर्क १२५ रेस एक्सपि यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो हो । त्यस्तै यसमा एक्सिलेरेसन पनि सुधारिएको छ भने टप स्पिड पनि पहिलाको मोडल भन्दा धेरै बनाइएको छ । बेस्ट इन क्लास कनेक्टिभिटी र सेग्मेन्ट फस्र्र्ट १०।२ पिएसको पावरले सर्वोत्कृष्ट पर्फर्मेन्सको ग्यारेन्टि दिनुको साथै हाम्रो ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई पनि आत्मसात गरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार