प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:५७:१७
७ फागुन, अत्तरिया । आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस सुदूरपश्चिम प्रदेशमा प्रभातफेरी आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश मूल समारोह समितिको आयोजनामा धनगढी ट्राफिकचोकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको हो ।
प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामती कर्मचारी, सुरक्षा निकाय प्रमुख, सङ्घसंस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताए । राजनीतिक स्थिरताले मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार