नेपालको दियालो र भारतको जनजलबीच सम्झौता, खानेपानी क्षेत्रका चुनौती समाधान गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १९:९:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/diyalon-scaled-e1676792351904_KIRXfng5tO.jpg)
७ फागुन, काठमाडौं । खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ ।
सम्झौता पत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि जनजनलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पती व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्नेछ भने दियालोले जनजलको वाटर एटिएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउनेछ ।
साथै दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदान प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेशनमा लैजाने सहमति पनि भएको छ । यसका साथै नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आआफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरिय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको छ ।
नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ । हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।
त्यसैगरी जनाजल प्रविधि मार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी हो । कम्पनीले भारतभर ८ सय भन्दा बढि वाटर एटिएम । वाटर ट्रिटमेन्ट प्लान्टहरू सञ्चालन गर्दछ । जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्म मार्फत निगरानी गरिन्छ । कम्पनीको जनजल वाह (वाटर अन ह्ील) नामक नवितम प्रविधिलाई भारत सरकारले शहरी र ग्रामिण क्षेत्रमा जनताको सुरक्षित् पानीमा पहुँच बढाउन प्यान इण्डिया कार्यान्वयनको लागि छनोट गरेको छ ।
जनजलले भारतभर विकेन्द्रीकृत पानी प्रशोधन प्लान्टहरू स्थापना, सञ्चालन र मर्मत संभार गर्न र थप घरघरमा सुरक्षित पानीको डेलिभरी गर्ने कार्य गर्दछ । जनलले नेपालमा पनि विकेन्द्रीकृत वाटर एटीएम र वाटर अन ह्ीलको सञ्चालन कार्य विस्तार गरेसँगै वाटर एटिएमबाट पाइने सुविधाका साथै रोजगारी सिर्जना गर्न, मानिसलाई सामाजिक उद्यमशीलताका अवशरहरु प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार