नगरद्धारा एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार २०:१४:१९
७ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा ‘एसइई’लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।
कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताए । उनका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि रु पाँच लाख परिचालन गरिएको छ ।
“अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँं” प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन कार्यमा सम्लग्न शिक्षकको दैनिक उपस्थिति हाजिरी दुरुस्त राख्न भनेका छौँ ।”
अतिरिक्त कक्षाको शिक्षा समिति, शिक्षा शाखा र नगरपालिकाले नियमित अनुगमन गरिरहेका छन् । अतिरिक्त कक्षा सञ्चालन भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई पठनपाठनमा सघाउ पुगेको छ । “गरिब परिवारका विद्यार्थीले ट्युसन पढन सक्ने अबस्था हुदैन” शिक्षा समिति सदस्य शेरबहादुर साउदले भने, “त्यस्ता विद्यार्थीले अतिरिक्त कक्षामा सहभागी भएर नबुझेका विषयबस्तुसँगै एसइईमा सोधिने प्रश्नबारे शिक्षकलाई सोधेर सामाधान खोज्छन्, यसबाट राम्रो अङ्क ल्याउन मद्दत पुग्छ ।”
“एसइई दिने विद्यार्थीलाई अतिरिक्त कक्षामार्फत पढाइ हुन थालेपछि ट्युसन पढने झन्झटबाट विद्यार्थीले छुटकारा पाएका छन्,” उनले बताए, “यसबाट विद्यार्थीले ट्युसन पढनु नपरेको र अभिभाकले ट्युसन पढाउनका लागि खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार