एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धन गरेर राष्ट्रपति चयन गर्ने यादवको भनाइ
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार २२:४६:१
७ फागुन, काठमाडौं । नेकपा (ओवादी केन्द्र)का प्रभावशाली नेता एवं उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा पार्टीले लिएको राष्ट्रिय सहमतिको लाइनमा एमाले नआए कांग्रेससँग मिलेर गठबन्धन बनाउने बताएका छन् ।
उनले एक अनलाइनसँगको कुराकानीमा राष्ट्रपतिका लागि मनोनयन दर्तासम्मका एमाले सहमति आउने दाबी समेत गरेका छन् । उनले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै एमालेका अध्यक्ष केपी शर्मा ओलीले असहयोग र दम्भीपूर्ण व्यवहार गरेको आरोप समेत लगाए ।
उनले एमालेले नै राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य व्यक्तित्व दिएको खण्डमा माओवादी केन्द्रले सहयोग गर्ने बताए । यसो हुन नसके कांग्रेससँग गठबन्धन बनाएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि यही १३ गते उम्मेदवारी दर्र्ता गर्नुपर्ने निर्वाचन तािलका छ ।
साथै उनले रबि लामछानेलाई नागरिकता मुद्दामा हल्का निर्णय गरेर उन्मुक्ति दिएको आरोप समेत लगाए । रबिको ठाउँमा मधेशीको छोरा परेको भए यतिखेर जेलमा हुने उनको भनाइ छ ।
फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार