लुम्बिनीमा जसपालाई सरकारमा ल्याउन मन्त्री हेरफेरको तयारी
नेपालबहस संवाददाता
फागुन ७, २०७९ सोमबार ०:७:४३
७ फागुन, काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाको विषयलाई दिर विवाद बढ्दै गइरहेको बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरिले मन्त्री हेरफेरको तयारी गरेका छन् ।
केन्द्रकै सिलसिलेवारमा माओवादी केन्द्रको समर्थनमा एमालेबाट मुख्यमन्त्री बनेका गिरिले जनता समादवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने योजनामुताविक मन्त्री हेरफेरको तयारी गरेका हुन् । उनले आफ्नै पार्टीका मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिने तयारी गरेको स्रोतले बतायो ।
अहिले एमालेसँग मुख्यमन्त्रीसहित ५ मन्त्रालय छ । स्रोतका अनुसार एमालेबाट कृषि तथा भूमि व्यव मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई दिने तयारी छ । भोलि बिहान बस्ने प्रदेश पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउने जसपा लुम्बिनी प्रदेशले बताएकाे छ ।
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन। कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाइ दिने सहमति भएको सो पार्टीले जनाएको छ। एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा छन्। प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन्। जसमध्ये नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३, जनमत र राप्रपाबाट १र१ मन्त्री छन्।
प्रदेशमा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आधा आधा कार्यकाल चलाउने सहमति छ । तर माओवादी केन्द्रले सुरुको कार्यकाल आफूले पाउनुपर्ने बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार