दूधको मूल्य लिटरमै १० रूपैयाँ बढाउने व्यवसायीहरूकाे याेजना
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १८:३३:२१
८ फागुन, काठमडौं । दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगी व्यवसायीहरू पुनः सल्बलाउन थालेका छन् । यसअघि महिना दिनपहिले सरकारलाई थाहै नदिइ उनीहरु आफैंले प्रतिलिटर १४ रुपैयाँ बढाएर बजारबाट दुइई दिनसम्म मुल्य असुलेका थिए । त्यसमा सरकारले हस्तक्षेप गरेर रोकेको थियो ।
त्यसको महिना दिन नबित्दै उनीहरु फेरि मुल्य बढाउने पर्ने प्रस्ताव ल्याएर सरकारसँग प्रस्तुत भएका छन् । दूध उत्पादनको लागत बढेको भन्दै उनीहरुले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
प्रस्तावलाई छलफलका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने भएको छ । अहिले सरकारले दूधजन्य वस्तुमा आत्मनिर्भर बनाउने योजनामुताविक दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ ।
हरेक दुई दुई वर्षमा मात्र दूधको मूल्य परिवर्तन गर्न पाइने भन्ने सरकार र उद्योगीहरुबीच भएको सहमतिविपरीत उनीहरु प्रस्ताव लिएर अघि सारेका हुन् । पछिल्ल्लो पटक गरेको सहमतिको समय अर्को वर्ष मात्र हुनेछ ।
दूधजन्य काला बजारियाको योजनामा उपभोक्तालाई मार खुवाएर चरम नाफा उठाउने उद्देश्यबाट प्रस्ताव आएको भन्दै प्रस्ताव सुनुवाइ हुन नसक्ने मन्त्रालय स्रोतको भनाइ छ । अहिले दूध उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार