प्रधानन्यायाधीश नियुक्त नगरेर सर्वोच्चलाई कार्यपालिका र व्यवस्थापिकाप्रति निर्भर बनाइयो : कानून व्यवसायी
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २०:१३:२८
८ फागुन, काठमाडौं । कानून व्यवसायीहरुले प्रधानन्यायाधीशको नियुक्त तत्काल गर्न माग गरेका छन् ।प्रधानन्यायाधीश नहुँदा सर्वोच्च अदालतको न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । झण्डै एक वर्षदेखि कामु प्रधानन्याधीश हरिकृष्ण कार्कीले गर्दै आएका छन् ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताए । ‘न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु शोभनीय विषय होइन । यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ’ भट्टराईले भने । प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न नपाउँदा कामु प्रधानन्यायाधीशबाट सम्पादन हुने काममा यसको प्रत्यक्ष असर पर्ने र जहिल्यै न्यायपालिकाले कार्यपालिका वा व्यवस्थापिकाप्रति परनिर्भर रहनुपर्ने परिस्थिति सिर्जना हुने उनले बताए ।
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधान विरुद्धको काम भएको बताए । उनले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भएको बताए । स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको आरोप लगाए । कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलाइराख्दा न्याय सम्पादनमा फरक पर्ने उनको भनाइ छ ।
सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु र संवैधानिक इजलासको नेतृत्व गर्नु उचित नभएको बताए ।
प्रधान न्यायाधीश प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषद् बैठकले गर्ने सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रतिनिधिसभाका सभाुमुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख विपक्षी दलका नेता सदस्य हुन्छन् । तर संसदको प्रमुख प्रतिपक्ष दल कुन हुने भन्ने विषयमा सर्वोच्चमा मुद्दा परेको छ । परिषद् नै गठन हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार