सीडीओ र नगरप्रमुखकै सहभागितामा दलितमाथिको छुवाछुत घटना दबाउने चेष्टा
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २०:३९:३३
८ फागुन, काठमाडौं । हिन्दू मन्दिरमा दलित समूदायका व्यक्तिलाई पूजा गर्नबाट रोकेर छुवाछुत कसुर गरेको घटनालाई नगरप्रमुख र सीडीओ नै सहभागी भएर दबाउन खोजिएको छ ।
छुवाछुत कसुर गर्नेहरुको पहुँचमा आधारमा पीडितलाई मिलापत्रमा आउन बाध्य पारेर थप पीडा दिएको घटना बाहिरिएको छ । गएको शनिबार शिवरात्रीका दिन ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा पूजा गर्न पुगेकी शिक्षिका कृष्णकुमारी गजमेरलाई मन्दिर परिसरमा खटिएका लक्ष्मण गुरुङलगायतले मन्दिरभित्र प्रवेश गर्नन नपाइने भन्दै रोकेका थिए । रोक्न खोजेपनि कृष्णकुमारी प्रवेश गरन् तर उनलाई ढोकाबाहिरबाट चुकुल लगाएर केही समय थुनेर राखे । प्रवेशमा रोक लगाउने कार्यमा मन्दिर संरक्षण समितिका पदाधिकारीहरु समेत संलग्न भए ।
त्यसको विरोधमा भोलिपल्ट हिजो आइतबार स्थानीय दलित अगुवा युवराज गजमेर लगायत सरोकारवालहरुसहितको टोलीले दोषीलाई कारबाहीको माग गर्दै मन्दिरमा तालाबन्दी गरेर सीडीओ प्रदर्शन कुमारीसमक्ष ज्ञापन पत्र बुझाएका थिए । त्यही विषयमा सीडीओ कुमारीे, नगरप्रमुख तेजन खनाल, प्रहरी नायव उपरीक्षक दीपकबहादुर केसी, वडाध्यक्ष रत्नबहादुर गुरुङ सम्मिलित बैठक बसेर मिलापत्र गराएका थिए ।
मिलापत्रमा आइन्दा मन्दिरमा दलितलाई पूजा गर्न प्रवेश दिने, दलितसहित सामूहिक रुपमा प्रवेश गर्ने नगरपालिकाले पहल गर्ने दलितलाई प्रवेशमा रोक लगाए कानुनबमोजिम कारबाही गर्ने लगायत ५ बुँदा उल्लेख गरिएृको छ ।
मिलापत्रपछि कानूनले निषेध गरिएको जातीय छुवाछुत र विभेद घटनालाई दबाउने कार्य मिलापत्रमा राज्यकै सुरक्षा निकायका स्थानीय प्रमुखहरु सहभागी भएर दोषीलाई उन्मुक्ति दिनु गम्भीर घटना भएको भन्दै विरोध सुरु भएको छ ।
राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले यस्तो घटनामा मिलापत्र गारृन नपाइने भन्दै गृह मन्त्रालयसँग बुझ्ने बताए । आयोगले पनि घटनाबारे अनुसन्धान गर्ने उनले बताए । पीडकको पहुँचका आधारमा सुरक्षा निकाय र जनप्रतिनिधिलाई समेत प्रभाव पारेर जातीय विभेदको घटनालाई मिलापत्रमा पुर्याइएको उनको भनाइ छ ।
छुवाछुतको जस्तो जघन्य अपराधका घटनालाई मिलापत्रमा टुंग्याइएर दोषीलाई कानून कार्यान्वयनकाे तहमा बसेकाे राज्यकै जिम्मेवारी निकाय छुटकरा दिने चेष्टा गरेपछि चौतर्फी आलोचना सुरु भएको छ ।
जातीय तथा अन्य छुवाछूत र भेदभाव (सजाय र कसुर) ऐन, २०६८ को दफा ३ मा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्न नहुने व्यवस्था छ । यही यससम्बन्धी कसुर गरे ऐनको दफा ७ ले कैद र जरिवानाको सजायको व्यवस्था छ । संविधानको धारा २४ ले पनि छुवाछूत तथा भेदभावविरुद्धको हकको व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार