सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन व्यवसायीहरुको माग
नेपालबहस संवाददाता
फागुन ८, २०७९ मंगलबार ०:१७:२३
८ फागुन, काठमाडौं । नेपालका सुन चाँदी व्यवसायीहरुले सरकारले सुन आयातमा लगाउँदै आएको कोटा प्रणाली हटाउन माग गरेका छन् । सोमबार काठमाडौंमा नेपाल सुनचाँदी व्यववसायी महासंघ, नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकाल महासंघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।
सुनचाँदी महासंघका अध्यक्ष माणिरत्न शाक्यले सरकारले सधैंका लागि कोटा सिस्टम हटाउन माग गरे । कुनै परिस्थितिवस लगाएको कोटा प्रणाली नहटाउँदै उपभोक्ताले सुनमा महंगोमा खरिद गर्नुपर्ने र समयमा नपाउने अवस्था झेल्नुपर्ने बताए । कुनै समस्या समाधानका लागि मात्र कोटा प्रणाली लागू गर्न मिल्ने बताए ।
‘कोटा भनेको कुनै कारण विशेषले तोक्ने कुरा आउँछ, तर सरकारले एकपटक लगाएको कोटा सधैं राखिराख्दा समस्या बनेको छ’ अध्यक्ष शाक्यले भने, ‘कोटा स्सिटमले सुन चाँदीका व्यवसायी र, कर्मचारी तथा हस्ताकलामा काम गर्ने कालीगढहरुको रोजगार सुरक्षित हुने गरी व्यवस्था हुनुपर्छ ।’
आयात कम हुने र माग बढी हुने अवस्था बजारमा देखिएको उनको भनाइ छ । एकपटकका लगाइएकाे काेटा सधैंका लागि राख्नु सही नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार