यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार १६:४६:४७
९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको खरिदमूल्य मंगलबार १३२ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ । यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ८४ पैसामा भएको थियो ।
मंगलबार युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७५ पैसा तोकिएको छ । यसअघि सोमबार युरोको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७ पैसा तोकिएको थियो ।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १५९ रुपैयाँ ५८ पैसा पाइन्छ। मंगलबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९१ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । सोमबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३७ पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा पाईन्छ ।
मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९४ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीमा १० रुपैयाँ २३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९८ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार