काठमाडौंका घरबेटीलाई महानगरले ल्यायो कडा नियम
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार १९:५८:५
९ फागुन, काठमाडौं । काठमाडाैं महानगरपालिकाभित्र घर बनाएर बहालमा दिइरहेका घरबेटीलाई अब अनिवार्य रुपमा घरबहाल कर तिर्नुपर्ने बाध्यकारी नियममा बाँधिने भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ । यो निर्देशिकाले घरबेटीले आफ्नो कोठा वा सटर भाडामा दिँदा भाडावालासँग रकम उल्लेख गरेर सम्झौता अनिवार्य रुपमा गर्नुपर्ने छ । त्यस सम्झौताको फोटोकपी वडा कार्यालयमा बुझाउनुपर्नेछ ।
सम्झौताको एकप्रति भाडावाललाई दिनुपर्नेछ । घरबेटीले सम्झौतामा तोकिएको भाडा मात्र लिन पाउने व्यवस्था गरिएको छ । अहिले कर छली गर्न लिइरहेको भन्दा निकै कम रकम उल्लेख गरेर भाडासँग सम्झौता गर्ने गरेको पाइएको र त्यसलाई नियन्त्रण गर्न निर्देशिकाले निकै सहयोग पुर्याउने महानगरको विश्वास छ ।
त्यसरी दिइएको कोठा वा सटर खाली भएको खण्डमा त्यसबारे वडा कार्यालयलाई जानकारी दिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । काठमाडौंमा घर बहालमा लगाउने तर कर नतिर्ने र समस्या आउँदा वडा कार्यालय गुहार्ने घटना व्यापक बनेपछि महानगरले ‘घर बहालसम्बन्धी निर्देशिका-२०७९’ ल्याइएको महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए ।
सम्झौतापत्रमा बहाल लिने र दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ । साथै घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर र बहालमा लिनुको प्रयोजनलगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ ।
महानथरभित्र रहेका ४ लाखभन्दा बढी घरमध्ये आर्थिक वर्ष २०७७/७८ मा घर बहाल कर तिर्नेको संख्या जम्मा ३ हजार ९ सय मात्र पाइएको छ । यो संख्या आर्थिक वर्ष २०७८/७९ मा यो संख्या बढेर ९ हजार पुगेको काफ्लेले बताए । यसले महानगरभित्र भारी मात्रामा राजश्व चुहावट भइरहेको देखिएको उनको भनाइ छ ।
निर्देशिका जारी भएपछि राजश्व संकलन बढ्ने र धेरै घरधनी करको दायरामा आउने उनको विश्वास छ । सम्झौताका लागि वडा कार्यालयमा फारम उप्लब्ध गराउने योजना महानगरले बनाएको उनको भनाइ छ । करको दायरा नबढाउने उनले बताए । अहिले सम्झौताको रकमको मासिक १० प्रतिशत मात कर तेकेको छ ।
बहाल रकम वार्षिक ५ प्रतिशत वा दुई वर्षमा १० प्रतिशतसम्म मात्र बढाउन पाइने निर्देशिकामा उल्लेख छ । सम्झौतामा बहाल कर कसले तिर्ने विषय उल्लेख नभएको अवस्थामा घरधनीले नै कर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । आफ्नो घर भाडामा दिने घरधनीले पानी, बिजुली र शौचालय सुविधा दिने र सम्माजनक व्यवहार गर्नुका साथै बहालमा बसेका मान्छेको सुरक्षा, शान्ति सुव्यवस्था पनि सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकाअनुसार घर बहाल कर संकलन गर्ने र कर चुक्ताको प्रमाणपत्र दिने अधिकार वडाले पाएको छ । घर बहालसम्बन्धी कुनै किसिमको उजुरी परे त्यसको समाधान पनि वडाबाटै गरिनछ । महानगरले माघ ५ गते सूचना प्रकाशन गरेर बहालमा लिने÷दिनेले निर्देशिका लागू भएको ९० दिनभित्र सम्झौता गरी वडा कार्यालयमा बुझाउन भनेको छ । सम्झौतामा गल्ती भए १५ दिनभित्र सच्याउन सकिने पनि उल्लेख छ ।
गत मंसिर २ गते बसेको महानगरको राजस्व परामर्श समिति बैठकले घर बहाल कर उठ्न नसकेको निष्कर्ष निकाल्दै यससम्बन्धी निर्देशिका ल्याउने निर्णय गरेको थियो । घरधनीले अन्याय गरेको वा भाडावाल सम्पर्कविहीनसम्बन्धी उजुरी संख्या ह्वात्तै बढेको अवस्थामा सम्झौतापत्रको अभावमा उजुरीमाथि कारबाही बढाउन कठिनाई पर्दै आएको छ । महानगरको न्यायिक समितिमा बढी उजुरी घर बहालसम्बन्धी नै परेपछि महानगरलाई निर्देशिका ल्याउन दबाब परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार