फोहरमैला व्यवस्थापन गर्न व्यापारीलाई डोको वितरण
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २२:४:५४
९ फागुन, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखानक्षेत्रका व्यापारीलाई फोहरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ ।
‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारिलाई डोको वितरण गरिएको हो । स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रुपमा प्रयोग गर्दा बजार क्षेत्रमा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले बताए ।
उनले भने, “डस्टबिनका रुपमा डोकोको प्रयोग गर्दा स्थानीयस्तरमा निर्माण गरिएका कच्चापर्दाथको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रुपमा प्रयोगमा ल्याउन सक्ने छन् ।” स्थानीयस्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका डस्टबिनका रुपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार