नेपालले जित्याे स्कटल्याण्डलाई २ विकटले हराउँदै त्रिकोणात्मक एकदिवसीय सिरिज
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २२:२८:५४
९ फागुन, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिला ब्याटिङको निम्तो पाएको थियो । स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय १२ रनको योगफल बनायो । दुई सय १३ रनको विजय लक्ष्य नेपालले ३५ बल बाँकी छँदै आठ विकेट गुमाएर पुरा ग¥यो ।
नेपालले ६१ रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । एक सय ३८ रन बनाउँदा आठ विकेट गुमाएको अवस्थामा नेपाली पारीलाई कप्तान रोहितकुमार पौडेल र अलराउण्डर करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि सिरिजको उपाधि सुरक्षित सम्भव भएको हो । दुवैबीच ७५ रनको साझेदारी भएको हो । कप्तान पौडलेले अविजित ९५ तथा केसीले ३१ रनको योगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिफ शेखले १२ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले तीन र क्रिस ग्रेभ्ब्सले दुई विकेट लिए ।
यसअघि दुई सय १२ रन बनाउने क्रममा स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । यस्तै म्याथ्यु क्रसले ४२, ब्रेन्डन म्याकुलमले ३१ तथा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२र२२ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । यस्तै करण केसीले तीन, ललितनारायण राजवंशी र कुशल मल्लले समान एक एक विकेट लिए । यसअघिको खेलमा पनि नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । यस्तै नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो । लिग–२ मा नेपाल २६ अङ्कका साथ छैटौँ स्थानमा छ ।
नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । यस्तै जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।
याे जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ । च्याम्पियन स्कटल्यान्डको भने ३६ खेलबाट ५० अंक छ ।
नेपालले अर्को त्रिकोणात्मक शृंखलाका लागि यूएई जानेछ । त्यहाँ पपुवा न्युगिनी र यूएईसँग त्रिकोणात्मक शृंखला हुनेछ । फागुन १५ देखि २२ सम्म शृंखला हुनेछ । नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ । नेपालले अर्को त्रिकोणात्मक शृंखलाका लागि यूएई जानेछ । त्यहाँ पपुवा न्युगिनी र यूएईसँग त्रिकोणात्मक शृंखला हुनेछ । फागुन १५ देखि २२ सम्म शृंखला हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार