उमेर विवादमा तानिएका डीआईजी सिंह राजीनामा दिने मनस्थितिमा
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २२:५६:३
९ फागुन, काठमाडौं । उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका डीआईजी अशोक सिंह राजीनामा दिने तयारी मनस्थितिमा पुगेका छन् । उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था देखिएपछि उनी त्यसअगावै राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।
छानविन चलिरहेकै बेला प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहलाई भेटेर उनले साे जानकारी दिइसकेको स्रोतको भनाइ छ । उनी कानूनी उपचारबारे परामर्शमा जुटेको समेत स्रोतको दाबी छ ।
सिंहको जन्म मिति २ थरी रहेको दाबीसहित बागबजारका एक स्थानीयले आयोगमा दुई पान्ने उजुरी हालेका थिए । सोही आधारमा आयोगले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानालाई पत्र काटेर विवरण माग गरिसकेको छ ।
उनको २०४२ जेठ २२ गते जारी भएको नागरिकता प्रमाणपत्रमा मिति शीर्षकमा १८ वर्ष लेखिएको छ । तर २०५० मंसिरमा प्रहरीमा जागिरका लागि दिएका आवेदनमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख रहेको पाइएपछि अनुसन्धानमा तानिएका हुन् । कीर्ते गरेको भने नदेखिएको स्रोतले जनायो ।
सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनुपर्ने उजुरीकर्ताको जिकिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार