नवलपरासीको फोर ब्रदर्श एफसीलाई नवयुवा कपको उपाधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार १६:४८:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news463720._by2zRTE6Lv.jpg)
१० फागुन, भैरहवा । १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श एफसी, नवलपरासीले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा फोर ब्रदर्शले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो ।
ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको अन्तिम खेलमा फोर ब्रदर्शका लागि अनुज भण्डारीले गरेको एक मात्र गोल निर्णायक बन्यो । फोर ब्रदर्शका युवराज चापागाईं फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसबापत उनले एक थान स्मार्ट वाच हात पारे ।
विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २ लाख पुरस्कार पाएको छ भने उपविजेतामा सीमित बनेको फर्साटिकरले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फोर ब्रदर्शका सदिप केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि फोर ब्रदर्श कै बिक्रम राना मगर घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका टिकाराज गुरुङ भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ८–८ हजार सहित ट्रफी हात पारे ।
गत माघ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार