द्वन्द्वमा मारिएका विद्यार्थीलाई सहिद घोषणा र सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार १७:५१:४२
१० फागुन, काठमाडौं । अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५ बुँदे माग राखी बुधबार ज्ञापनपत्र बुझाएको छ । बुधबार बिहान अखिल क्रान्तिकारीको केन्द्रीय टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
एमबीबीएसका सम्पूर्ण विषय ९ वर्षभित्र सम्पन्न गरिनुपर्ने नियम लागू गराउनुपर्ने, सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुटको व्यवस्था गर्नुपर्ने, देशभरका विद्यालयमा भइरहेकाे पाठ्यपुस्तकको अभाव तत्काल समाधान गर्नुपर्ने, एक शिक्षालय एक उत्पादनको नीति लागू गर्नुपर्ने, सरकारी विद्यालयमा नेपाली र अंग्रेजी भाषामा अध्यापन विभेदकारी नीति हटाउनुपर्ने, त्रिभुवन विद्यालयबाट लिइने परीक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा तयार गर्नुपर्ने माग राखिएको छ ।
यस्तै शिक्षालाई पूर्णरुपमा राज्य र समुदायको दायित्वमा ल्याउन, रुपन्देहीको पक्लीहावा क्याम्पसको पढाइमा भएको लापरवाहीको छानबिन गरी दोषीलाई कारबाही गर्न र विदेशी सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी भर्ना संख्या तोक्न ज्ञापनपत्रमा माग गरिएको छ ।
अखिल क्रान्तिकारी विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन हो । संगठनका अध्यक्ष प्रकाश शाहीको नामबाट प्रेषित ज्ञापन पत्र बुझाउन संगठनका उपाध्यक्ष नरेन्द्र विकको नेतृत्वमा टोली गएको थियो । विक नेकपाका प्रवक्ता खडगबकादुर विकको छोरा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार