दौलतपुरमा व्यवस्थित मसानघाट निर्माणको योजना अधुरै
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार १८:१२:३८
१० फागुन, टीकापुर । बजेट अभावमा कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ । कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ ।
नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन ‘डीपीआर’ तयार गरिएको थियो । यसका लागि नगरपालिकाले रु चार लाख ९० हजार खर्च गरेको थियो । मसानघाटमा विभिन्न संरचनाका लागि रु दुई करोड ५४ लाखको बजेट अनुमान गरिएको छ ।
पहिलो चरणमा तटबन्ध र प्रतिक्षालय निर्माण सम्पन्न भएको थियो । त्यसमा नगरपालिकाको रु ३९ लाख ४० हजार खर्च भएको छ । निराजन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त आयोजनाको ठेक्का रु ४१ लाख ६५ हजारमा लिएको नगरपालिकाका इञ्जीनियर नवीन ओझाले बताए । “नदीको पानीको बहावका कारण वर्षमा दुई–तीन महिनाभन्दा बढी काम गर्ने स्थिति थिएन । त्यसकारण ठेक्का भएको संरचना निर्माणमा समय लागेको हो”, उनले भने । चालु आवमा आयोजनाको बजेट नभएकाले काम ठप्प भएको उनको भनाइ छ ।
नगरप्रमुख रामलाल डगौरा थारूले दौलतपुरमा मसानघाट निर्माण गर्न नसकिने बताउनुभयो । वातावरणीय समस्या आउने देखिएपछि बजेट विनियोजन गर्न नसकिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार