चुरे पहाडमा अवस्थित बर्फानी मन्दिर धार्मिक गन्तव्य विकसित गरिँदै
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार १८:४८:३२
१० फागुन, खजुरा । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवद्र्धनमा सहयोग पुग्ने जनाइएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भने,“ दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ, अहिले हेलिप्याड निर्माण सुरु भएको छ ।”
बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो बनाइँदैछ । उनले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले रु ३८ लाख बजेट विनियोजन गरेको बताए । बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण थप्न र आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल थालिसकेको उनले जानकारी दिए ।
हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुविधाका लागि हेलिप्याड बनाउन लागिएको हो । गतवर्ष नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा हेलिकप्टरबाट बाबा बर्फानी र सन्तानेश्वर महादेव जाँदा हेलिप्याडको अभावमा ल्याण्ड हुनसकेको थिएन । उनले भने “ढिलै भए पनि काम सुरु भएछ, खुसी लागेको छ,सरकारले पर्यटनलाई बुझेरमात्रै लगानी गरिदिँदा त्यसको लाभ समुदायले लिनसक्छ ।”
राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको सङ्गमस्थलमा पर्ने चुरे पहाडमा अवस्थित तपोभूमि बर्फानी बाबाको मन्दिरमा पर्यटनको विकास गरी प्राकृतिक धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने योजना छ । यसका लागि नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन अध्ययन समेत थालिएको छ । सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तीर्थालु भक्तजन तथा पर्यटकका सुविधाका लागि हेलिप्याड बनाइने योजना रहेको छ ।
सो क्षेत्रमा चुरे क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासको सम्भावना रहेकाले सरोकारवाला निकाय पर्यटन प्रवद्र्धनमा जुटेका जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार