खोकनाले ब्युताँयाे लोपोन्मुख अवस्थामा पुगेको तोरीको तेल
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार २२:२३:३४
♦स्वइच्छा महर्जन
१० फागुन, ललितपुर । काठमाडौंबाट करिब ८ किलोमिटर दक्षिणमा रहेको परम्परागत नेवार गाउँ खोकना, जुन प्राचिनकालदेखि नै तोरीको तेल उत्पादनका लागि प्रख्यात छ । “खोकनाको तोरीको तेल”को औद्योगिक इतिहासलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रको रूपमा सूचीकृत गर्न मनोनयन गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको तोरीको तेललाई अहिले खोकनाबासीले ब्युताँएका छन् ।
खोकना र तोरीको तेल पर्यायवबाची शब्द हो भन्दा फरक नपर्ला । कुनै समय यहाँका किसानहरु खर्पन काँधमा हालेर तोरीको तेल बेच्न टोखा, धुनबेसी, भीमफेदी, मकवानपुर, चावहिल, भक्तपुर, जस्ता विभिन्न शहरसम्म पुग्थेँ । खोकनाका विभिन्न गल्लीहरु तोरीको तेलको बासनाले मगमगाउने गर्थे । बजारमा विभिन्न ब्राण्डका तोरीको तेल पाइएपनि स्वाद थाहा पाउनेहरुको रोजाइमा भने खोकनाको तेल नै पदर्छ । तर, अहिले समय परिवर्तनसँगैको बढ्दो शहरीकरण, जमीनको खण्डीकरण र खेती गर्ने कामदारको अभावजस्ता कारणहरुले खोकनामा तोरीको यथेष्ठ उत्पादन हुन सकेको छैन ।
आफ्नै छुटै पहिचान बोकेको तोरीको तेल हराउने अवस्थामा पुगेपछि यहाँका स्थानीय चिन्तित बनेका छन् । “पहिले खोकनामा फलेको तोरीले पर्याप्त मात्रामा तेल उत्पादन गर्न पुग्थ्यो तर समयसँगै तोरी खेती गर्ने बारी प्लटिङ भए, अहिले पर्याप्त मात्रामा तोरी उत्पादन नभएकाले विभिन्न जिल्लादेखि विदेशी तोरीको समेत भर पर्नु पर्छ” खोकना तेयपुं तेल मिलका सञ्चालक अष्टराम महर्जनले नेपालबहसलाई बताए । महर्जनका अनुसार युक्रेन, अष्ट्रेलियाबाट आयात गरिएको तोरी प्रतिकेजी १५० देखि १६० सम्म पर्दछ ।
सोही मिलका सञ्चालक बुद्ध डंगोलले आफ्नो बुबासँगै धुनबेसी, पाटन, लुभु, टोखा जस्ता विभिन्न जिल्लामा तेल बेच्न गएको सम्झना गरे । पहिले गाउँघरमा तोरीसँग तेल साट्ने चलन थियो । बाजे बराजुका पालामा १ माना तेलसँग ४ माना तोरी साट्ने गरिन्थ्यो, डंगोलले सुनाए ।
गत वर्ष उनीहरुले पार्टनरसीपमा ४५ लाखको लागतमा मिल निमार्ण गरेका छन् । परम्परागत प्रविधिबाट तोरी पेल्दा उनले दैनिक करिब १५० देखि २०० लिटरसम्म तेल उत्पादन गर्न सक्ने बताए । उनले उत्पादन गरेका तेल काठमाडौंका विभिन्न पसलहरूमा उपलब्ध छन् । हालै मिल सञ्चालन गरेका उनले दर्ता प्रकिया, बजारको माग, व्यवसाय योजनासँग परिचित हुँदैछन् । धेरै समस्याका कारण व्यवसाय अगाडि बढाउन अवरोध र चुनौतीपूर्ण भएको महर्जनले सुनाए ।
व्यवसाय सञ्चालन गर्दा आएका विभिन्न चुनौतिलाई सामना गर्दै उनले आफ्नो व्यवसायलाई अगाडि बढाइरहेका छन् । अहिले उनलाई आफ्नो व्यवसाय चलाउन परिवारको साथ रहेको बताए । स्थानीय स्तरमा उत्पादन भएको तोरीको बास्नादार तेल अहिले अष्ट्रेलिया जस्ता विभिन्न देशसम्म पुगेको छ । तेल मिलहरूको बजारीकरण, मूल्य निर्धारण र सञ्चालनका लागि एकीकृत रणनीति लागू गर्न स्थानीय मिलका सञ्चालकहरूलाई एकजुट हुनुपर्नेमा महर्जनले जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार