संसदमा उठ्यो नारायणगढ–बुटवल सडक विस्तारमा भइरहेको ढिलाईप्रति प्रश्न
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार २३:३८:३२
१० फागुन, काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नारायणगढ–बुटवल सडकखण्डमा भइरहेको निर्माणमा कार्यप्रति प्रश्न उठाएका छन् ।
सांसद धवलशमसेर राणाले पूर्व–पश्चिम राजमार्गअन्तगृत नारायणगढ–बुटवल सडक खण्डमा सडक विस्तारको काम अत्यन्त ढिलाइ भइरहेको र सडकमा काम गर्ने मजदुर न्यून रहेको बताए । श्रमशक्ति बेरोजगार रहेको तर सडक विस्तारका काम अत्यन्तै ढिलासुस्ती भइरहेको देख्दा दुःख लागेको भन्दै काम छिटो सक्न कामदार थप गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
उनले त्यस सडक विस्तारको ठेक्का पाएका ठेकेदारलाई तत्काल बोलाएर निर्माणबारे जानकारी लिन पनि सरकारको ध्यानाकर्षण गराए । ‘त्यहाँ मुस्किलले सय जना मजदुर होलान्’ सांसद राणले भने, ‘देशमा यत्रो वेरोजगार छन् । रोजगारका लागि विदेश गइरहेका मजदुरलाई सेवा सुविधा दिएर सडक विस्तारको काम छिटो पुरा गर्नमा लगाउन पनि आग्रह गरे ।
उनले भने, ‘ठेकेदारलाई तत्काल बोलाएर कामदार बढाएर यसै हिउँदमा काम सक्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ सडकमा उठेका धुलाेले वरपरका बस्ती नै धुलाम्मे भएकाे जनाउँदै सांसदहरूले नागरिककाे स्वास्थ्यमाथि खेलवाड भइरहेकाे बताए ।
बाँकेबाट निर्वाचित सांसद सांसद राणले आफू मंगलबार मात्र त्यहीबाट आएको र अरुबेला बुटवलबाट नारायणगढ आइपुग्न डेढ घण्टा लाग्ने बाटो ५ घण्टा लागेको बताए । यही गतिमा काम भए अरु ४ वर्षमा पनि विस्तारको काम नसकिने उनको भनाइ थियो ।
यो सडक खण्डकै कारण एम्बुसेन्समा लैजाने बिरामीले बिच बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै बैठकमा बोल्ने सांसदहरुले ठेकेदारलाई बोलाएर स्पष्टिकरण लिन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार