बीरगञ्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : पूर्वमन्त्री यादव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बिहिबार ०:४०:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/WhatsApp-Image-2023-02-21-at-6.04.08-PM_8guBUHl9xI.jpeg)
९ फागुन, बीरगञ्ज । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगञ्ज कारागारको भौतिक अवस्था जीर्ण भएकाले त्यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । मंगलबार आफै कारागारको स्थलगत निरिक्षण गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ‘सांसद्’ समेत रहेका यादवले सुरक्षा र मानवअधिकारका दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताएका हुन् ।
पूर्वमन्त्री यादवले ८ दशक पहिले निर्माण भएको कारागारको संरचना निक्कै पुरानो भइ जीर्ण अवस्थामा पुगिसकोले यसले कारगारकार भित्र रहेका कैदीबन्दी मात्र नभइ त्यहा कार्यरत सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा रहेको बताए । कारागारको सुरक्षाकर्मी बस्ने पोष्ट पनि भत्किने अवस्थामा पुगिसकेको अवस्था रहेको भन्दै यादवले मानव अधिकारको दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताए ।
अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेको पाइएको भन्दै यादवले भने ,‘ तत्कालै कारागारको लागि नयाँ संरचनाको आवश्यकता छ, यदि त्यो सम्भव नभए हालकै भौतिक संरचनामा सुधार ल्याएर कैदीबन्दीको मानवाधिकारलाई सुरक्षित गर्ने तर्फ ध्यान दिनुपर्ने हुन्छ ।
उनले निरिक्षणमा सँगै रहेका बीरगञ्ज महानगरपालिकाका प्राविधिक सल्लाहकारलाई यस विषयमा काम गर्न निर्देशन पनि गरे । यसका साथै जीर्ण बीरगञ्ज कारागारका बारेमा संसद्मा आवाज उठाएर समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
यादवले कारागार निरिक्षण गर्ने क्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, कारागार प्रशासनका कर्मचारी, बीरगञ्ज महानगरपालिकाका कर्मचारी, कारागारका सुरक्षाकर्मी लगायतको पनि सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार