माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्युपछि कैलालीमा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार १८:५०:३
११ फागुन, धनगढी । कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको घटनाको विरोधमा पीडित र आफन्तले यहाँको पूर्वपश्चिम राजमार्ग क्षेत्र बन्द गराएका छन् ।
आज बिहान गोदावरी नगरपालिका–९ बल्मीमा बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्री गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
घटनाको विरोधमा स्थानीयले बचि सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन् ।
सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले बताए । विरोध प्रदर्शन काबुबाहिर जान नदिन सदरमुकामबाट थप फोर्स माग गरिएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा स्थानीयले पनि साथ दिइरहेका छन् । उनीहरुले मृतक परिवारवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार