ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २२:१०:९
११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताउका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित राजर्षि जनक विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले मुलुकको आवश्यकताअनुसार दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पु¥याउनुपर्छ भने।
“मुलुकमा विश्वविद्यालयको सङ्ख्या बढ्दै जानु राम्रो कुरा हो । यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ”, उनले भने, “तर विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ ।” विश्वविद्यालयले आफूलाई गुणस्तरका क्षेत्रमा अब्बल सावित गर्नुपर्नेमा जोड दिँदै उनले विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पु¥याउने उच्च शिक्षाको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
विश्वविद्यालयको विशिष्टता र पहिचानलाई जोगाउँदै अरू विश्वविद्यालयभन्दा फरक र विशिष्ट हुने गरी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै उनले सोहीअनुसार आफ्ना पाठ्यक्रमको निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी अघि बढ्न आग्रह गरे ।
विश्वविद्यालयले स्थापनाको पाँच वर्षको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा प्रधानमन्त्री दाहालले सराहना गरे। विश्वविद्यालयको आफ्नो जग्गा र भवन नहुँदा पूर्वाधारको अभावमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न असुविधा भएको आफूले पनि महसुस गरेको जनाउँदै उनले सरकारले विश्वविद्यालयलाई सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै उनले सो ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुन्छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार