उच्च अदालतको आदेश बदरकाे माग गर्दै सन्दिप पुगे सर्वोच्च
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २३:१०:२६
११ फागुन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गराएका छन् ।
नाबालिगक बलात्कार मुद्दामा जिल्ला अदालतले थुनामा पठाएको आदेशविरुद्धको रिटमा गएको पुष २७ गते सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायधीसद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासलेले सन्दीपलाई रिहाइको आदेश दिँदै विदेश यात्रा प्रतिबन्ध लगाएको थियो । उच्चले सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
उच्चको सोही आदेशले आफ्नो विदेश यात्राको अधिकारलाई संकुचित तुल्याएको भन्दै आदेश बदरको मागदाबीसहित सर्वोच्चमा बिहीबार रिट दायर गराएका हुन् ।
नेपालमा भर्खरै कीर्तिपुरमा सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी उच्चको आदेशकै कारण संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा जान रोक लागेको छ । रिटमा उनले विदेश यात्रामाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् । क्यानले आज सार्वजनिक गरेको यूएई जाने राष्ट्रिय टिमको सूचीमा सन्दिपको नाम समावेश छैन ।
मुद्दा अन्तिम टुंगो नलागेकै अवस्थामा राष्ट्रिय क्रिकेट टिममा फर्काएको भन्दै अधिकारीकर्मी र सरोकारवाालहरुले विरोध गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार