काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १७:७:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news464961.-e1677217061816_eGyKiojHeP.jpg)
१२ फागुन, काठमाडौं । काठमाडौंं उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढाएको छ । १४ फागुनमा हुने संघको १७औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
जसका लागि आफ्नो नेतृत्वमा प्यानलसहित कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई काफ्ले, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उप महासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् । त्यसैगरी, उप–महासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।
उम्मेदवारी घोषणा गर्दै गौतमले धरासयी बनेको व्यवसायलाई माथि उकास्ने र यसका लागि सबै व्यवसायीसँग छलफल गर्ने बताए । विभिन्न ऐन तथा नीति नियमका निर्माण व्यवसायी पेशा धराशायी बनेको बताउँदै उनले ऐन तथा नीति नियम परिमार्जन गर्न आफूले पहल गर्ने बताए ।
२५ वर्षदेखि क्रियाशील रहेकाले अध्यक्षमा आफ्नो दाबेदारी रहनु स्वभाविक रहेको बताएका उनले व्यवसायीको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले शान्तकुमार श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
सोमबार ३० अंकले बढ्यो बजारः १० अर्बका शेयर खरिदबिक्री, २७२७ मा उक्लियो नेप्से
फागुन ५, २०८१ सोमबार