जिल्ला पूर्ण खोप घोषणा, खोप नै नलगाएका भेटिए बालबालिका
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १९:१५:४८
१२ फागुन, बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा दादुराको लक्षण देखिएका बालबालिकाको नमूना सङ्कलन गर्ने क्रममा कुनै पनि खोप नलगाएका बालबालिका पनि भेटिएका छन् । जिल्ला नै पूर्ण खोप घोषणा भइसके पनि तीन बालिकाले कुनै पनि खोप लगाएका थिएनन् ।
बिहीबार बूढीगङ्गा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले दादुराको लक्षण देखा परेका आठ बालबालिकाको रगतको नमूना लिने क्रममा तीन बालबालिकाले हालसम्म कुनै पनि खोप नलगाएको पाइएको स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताए ।
नमूना लिइएका आठ बालबालिकामध्ये दुई बालिका भारतबाट दुई साता अघि घर आएका र एक बालिका दुई वर्ष पहिले मात्र घर आएपछि उनीहरुले खोप नपाएको खुल्न आएको उनले जानकारी दिए ।
खोप नलगाउनेमा सोही नगरपालिका–१ अम्कोटका तीन वर्षीया आशिका नेपाली, पाँच वर्षीया अनुस्का नेपाली र निशा नेपाली रहेका छन् । दादुरा तथा रुबेला रोगको लक्षण देखा परेका बालबालिको उपचारका लागि दुई घण्टाको पैदल बाटो हिँडेर धुरालसैन आधारभूत स्वास्थ्यचौकीमा जाँदा स्वास्थ्यकर्मीले उपचार नगरेर नगरपालिकालाई खबर गर्छौ, घर जानु भनेर फर्काएको आफन्त कलशी नेपालीले बताए।
उनले स्वास्थ्य केन्द्रमा उपचार नै नगराएर स्वास्थ्यकर्मीले घर फर्काएपछि बालबालिकाको ज्यान जाने हो कि भनेर आफू चिन्तित बनेकीमा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी आएर उपचार गरेपछि बल्ल ढुक्क भएको उल्लेख गरे । गाउँमा २० परिवारका बालबालिका बिरामी भएको दुई साता बित्न लागेपछि हिँडेरै उनीहरु दुई घण्टा टाढा रहेको धुरालसैन स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार