अधुराे दरबाङ खानेपानी आयोजना निर्माणले गति लियो
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २०:१९:५४
सन्तोष गौतम
१२ फागुन, म्याग्दी । सुरु भएको छ वर्षपछि मालिका गाउँपालिका–६ को दरबाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माणले गति लिएको छ । विसं २०७४ फागुनदेखि सुरु भएको दरबाङ खानेपानी आयोजना निर्माणको कामले पछिल्लो समय गति लिएको हो । उपभोक्ता, उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि र सम्बद्ध कार्यालयले चासो देखाएपछि केही महिनायता आयोजनाको अधुरा संरचना निर्माण धमाधम भएको जनाइएको छ ।
विसं २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । प्रदेश सरकारको रु दुई करोड ९९ लाख ४० हजार नौ सय ३६ लागतमा उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरिएको थियो ।
खानेपानी आयोजना निर्माणमा भएको ढिलासुस्तीले स्थानीय प्रभावित भएका छन् । तीव्ररूपमा बस्ती र बजार विस्तार भइरहेको दरबाङमा पिउने तथा सरसफाइका लागि पानीको समस्या छ । खानेपानी उपभोक्ता समितिका सचिव खिमबहादुर पुनले मुख्य लाइन निर्माण सकेर ट्याङ्कीसम्म पानी खसालिएको र शाखा लाइन निर्माणको काम थालिएको बताउनुभयो । दरबाङका बासिन्दाले आयोजनाको शाखा र मुख्य पाइप लाइन खन्ने काममा श्रमदान गरिरहेका छन् ।
तीव्ररूपमा बस्ती विकास भइरहेको दरबाङमा खानेपानी अभावको समस्या हट्ने अपेक्षासहित श्रमदानमा जुटेको स्थानीय गोपाल गौतमले बताए । विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सङ्घीयता स्थापनासँगै खानेपानी कार्यालयको संरचना परिवर्तन, विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी, २०७७ मा आयोजना निर्माण क्षेत्रको जङ्गलमा आगलागी हुँदा र वर्षात्को समयमा दरबाङ–दिच्याम सडकबाट खसेको पहिराले पाइप बगाउँदा निर्माणमा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताए ।
उनका अनुसार उक्त आगलागीमा ९० एमएमको तीन सय मिटर, ६३ एमएमको एक हजार मिटर, ५० एमएमको नौ सय ५० मिटर पाइप जलेर नष्ट भएको थियो । चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजना निर्माणलाई तीव्रता दिइएको उनले बताए । “विविध कारण केही समय आयोजना निर्माणको काम रोकिएको हो”, उनले भने, “सञ्चालन भएको आयोजना निर्माणलाई यो आवभित्र सम्पन्न गर्नेगरी तीव्रता दिएका छौँ ।”
गाउँपालिकाको वडा नं ७ स्थित छिपछिपे, ढुनोट र वडा नं ६ गोजाखोला मुख्य मुहान तथा तेलचाप्रे, धाढखर्कमाथिको सहायक मुहानबाट पानी ल्याएर दरबाङ बजारमाथि निर्माण भएको १०० घनमिटर क्षमताको रिजर्भ ट्याङ्कीमा खसालिएको छ ।
उक्त खानेपानी आयोजनाबाट प्रतिदिन ९९ हजार तीन सय ८५ लिटर पानी आपूर्ति हुनेछ । आयोजनाबाट दुई सय ९६ घरधुरीका एक हजार पाँच सय ४१ जनसङ्ख्या लाभान्वित हुनेछन् । अहिलेसम्म सबै मुहानमा ट्याङ्की, सङ्कलन र रिजर्भ ट्याङ्की निर्माण भएका छन् ।
मुहानबाट छ दशमलव ८० किमी मुख्य पाइप लाइन बिछ्याउने काम सकेर ट्याङ्कीमा पानी खसालिएको छ । तीन दशमलव ६८ किमी शाखा लाइनको पाइप बिछ्याउने र धारामा मिटर जडानको काम बाँकी छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जीनियर राजेश उलकका अनुसार कार्यालयले आयोजना निर्माणका लागि पाइपसहित आवश्यक सामग्री खरिद गरी आयोजना निर्माणस्थलसम्म ढुवानी गरिसकेको छ ।
मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उपभोक्ता समिति र सम्बद्ध कार्यालयसँग छलफल र समन्वय गरेर निर्माणलाई गति दिइएको बताए । “धेरै पटकको छलफल र समन्वयमार्फत दरबाङको प्रमुख खानेपानीको समस्या समाधानका लागि आयोजना निर्माणले गति लिने वातावरण बनेको हो”, उनले भने, “चालू आवभित्रै दरबाङवासीको घरघरमा खानेपानी वितरण गर्ने लक्ष्यसहित तीव्रताका साथ काम भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार