बनेपामा एक घर एक धारा अभियान तीव्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २१:२०:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/dhara_xp5EqArfh8.jpg)
१२ फागुन, धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ । अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए । सिनागालस्थित अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्रसहित करिब एकसय घरमा स्वच्छ खानेपानी पु्याउन अभियान थालिएको उनले बताए ।
वडाध्यक्ष थापाका अनुसार धनेश्वरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । “गिरी र बञ्जरा टोलका लागि भने ट्याङ्की निर्माण भई पाइपलाइनको काम बाँकी छ । खानेपानी वितरणका लागि बजेट विनियोजन गरी पूर्वाधार निर्माण भइरहेका छन्”, उनले भने ।
आगामी चार वर्षमा सबै घरमा स्वच्छ खानेपानी पु्याउने योजनसहित वडा कार्यालयले स्वच्छ खानेपानी अभियानलाई तीव्रता दिएको छ । पानीघाटस्थित डिपबोरिङ सञ्चालनका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरी दुई महिनाभित्र उक्त क्षेत्रमा विद्युत् सञ्चालन गरिने वडाध्यक्ष थापाले जानकारी दिए ।
पानीघाट उपाभोक्ता समितिका अध्यक्ष गौतमप्रसाद गौतमले एकसय ५० घरधुरीलाई खानेपानी उपलब्ध गराउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिए। “केहीदिन अघिदेखि कतिपय घरका धारामा पानी झरिसकेको छ”, उनले भने ।
योजनाअन्तर्गत ९० प्रतिशत काम सम्पन्न भएको छ भने डिपबोरिङका लागि विद्युत् उपलब्ध नहुँदा काम रोकिएको छ । विद्युत् आपूर्तिपछि बाँकी कामलाई निरन्तरता दिइने बताइएको छ । अध्यक्ष गौतमका अनुसार डिपबोरिङका लागि बागमती प्रदेश सरकारबाट रु ६० लाख, बनेपा नगरपालिकाबाट रु १५ लाख र जिल्ला समन्वय समितिबाट रु १५ लाख विनियोजन भएको थियो ।
यसअघि उपभोक्ता समितिका सदस्यलाई मात्रै खानेपानी उपलब्ध गराउने विधान संशोधन गरी सबै घरमा धारा जडान गरिएपछि नयाँ र पुराना ग्राहकबीचको विभेदको अन्त्य भएको थियो । उपभोक्ताको निरन्तर खबरदारी, सहयोग तथा चासोका कारण ठेकेदार कम्पनीले कामलाई तीव्रता दिएको उपभोक्ता समितिका उपाध्यक्ष रामकृष्ण हुमागाईंले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार