एसियन हाइड्रोपावरको आईपीओ १० कित्ताका दरले बाँडफाँट
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १६:४५:१३
१४ फागुन, काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँट गरेको छ । यस आईपीओमा ६९ हजार ७२० जना सर्वसाधारणहरुको आवेदन गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो ।
हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ बिक्री खुला गरेको हो । एसियन हाईड्रोपावरको आईपिओमा कुल १४ लाख ३२ हजार २२२ जनाले आवेदन दिएकोमा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पारेकाछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ । हाईड्रोपावरले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
यस्तै, सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ४२ हजार कित्ता र २ प्रतिशत ९१६ हजार ८ सय कित्ता० कर्मचारीहरुलाई छुट्याइएको र बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो ।
रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार