सन्दीपको निवेदनमाथि अन्तिम सुनुवाइका लागि सर्वाेच्चमा संयुक्त इजलासमा पेसी
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १७:१९:५
१४ फागुन, काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सर्वोचच दायर गरेको निवेदनमाथि अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि गएको शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै निवेदक न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासले छामिछानको निवेदन र उनलाई गएको पुष २७ गते विदेश जान प्रतिबन्धसहित २० लाख रुपैयाँ धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गरिएको सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो । सोही बमोजिम आज सर्वोच्चमा दुई निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो ।
पेशीमाथि सुनुवाइ संयुक्त इजलासले सुरूमै सुनुवाइ गर्ने गरी पेसी क्रम तोकिएको छ । उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै गएको बिहीबार लामिछानेले आफूलाई विदेश जान रोकावट फुकुवा हुनुपर्ने जिकि निवेदनमा गरेका छन् । महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दिएको दिएको अवस्था छ ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका नाबालिग बलात्कारका अभियुक्त उनलाई उच्चको आदेशपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्वन फुकुवा गरेर टिममा फर्काएर खेल खेलाइसकेको छ । तर उनीविरुद्ध मुद्दा उत्पति भई अभियोजनसहित मुद्दा चलेको काठमाडौं जिल्ला अदालतमा भने उनको मुद्दा टुंगो लागिसकेको छैन ।
काठमाडौं उनलाई बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तलाई जेलमा राखेर मुद्दाको अन्तिम टुंगो लगाउनुपर्ने ठहरसहित जेल पुर्पक्षका लागि जेल पठाएको थियो । तर अभियुक्त लामिछानेले काठमाडौंको उक्त आदेश बदरको माग गर्दै उच्चमा दायर गरेको निवेदनमा भने उच्चले विदेश जान बन्देजसहित धरौटीमा छाड्न आदेश दिएको थियो ।
आदेशपछि पुष २८ मा जेलबाहिर आएका उनी अहिले खुला आकाशमुनि छन् । यही अवस्थाबीच उनी क्यानकै योजनामा यसै हप्ता यूएईमा हुने नेपालm पपुवा न्यूगिनी, यूएईसहित ३ टिमबीच हुने आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आठौं शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गरेको छ । सोही खेलमा सहभागी हुन विदेश जान पाउन उनले बिहीबार निवेदन दिएका थिए । उक्त लिग टु यूएईमा भोलि सोमबार देखि आउँदो आइतबारसम्म हुनेछ ।
यद्यपि मुद्दा विचराधीन रहेकै अवस्थामा अभियुक्त लामिछानेलाई क्याने टिममा फर्काएर कानूनी शासनको धज्जी उडाउने र महिलाको अस्मितामाथि खेलवाड गर्ने चेष्टा गरेको भन्दै महिला र सरोकारवालाहरुले विरोध जनाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार