धनुषाको दुई प्रसिद्ध मन्दिरबाट सुनको मुकुट र अन्य गरगहना चोरी
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १७:४७:३८
१४ फागुन, धनुषा । धनुषाको दुई प्रसिद्ध मन्दिरमा चोरी भएको छ । शनिबार राति १२ बजे चोरी भएको छ । जिल्लाको रमदैयास्थित राजदेवी मन्दिर र हनुमानगढीमा रहेको हनुमान मन्दिरमा शनिबार राति चोरी भएको हो ।
क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरमा राजदेवी भगवानको मूर्तिसहित सुनको मुकुट र अन्य गरगहना चोरी भएको छ । चोरीबाट करिब ६ लाख रुपैया बराबर मूल्यको सामान चोरी भएको मन्दिरका पुजारी धीरज यादवले बताए । महेन्द्रनगर–जनकपुर सडकसँगै टाँसिएर रहेको ऐतिहासिका राजदेवी मन्दिर निकै प्रसिद्ध छ ।
यसैगरी, शुक्रबार राति जनकपुरधाम उपमहानर–१२, हनुमानगढीमा रहेको हनुमान मन्दिरमा लाखौं रुपैयाँ बराबरमको सामन चोरी भएको छ । मन्दिरबाट भगवानको मुकुट र दान पेटिकालगायतका सामान चोरी भएको मन्दिरका पुजारी प्रमोद दासले बताए । साधु सन्त माध्यमिकी परिक्रममा गएको मौका छोपी चोरले चोरी गरेको बताइएको छ ।
माध्यमिकी परिक्रममा यात्रीले पहिलो रात्री विश्राम गरी भोलि पटक कल्याणेश्वरका लागि प्रस्थान गर्दछन् । ऐतिहासिक तथा धार्मिक राजदेवी र हनुमान मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भीररुपमा लिएका छन् ।
त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीले तत्काल चोरलाई पक्राउ गरी कारवाही गर्न प्रहरीसँग माग गरेका छन् । चोरी घटनासम्बन्धमा अनुसन्धान भइरहेको र अपराधीको खोजी कार्य तीव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार