हरित अभियानका लागि विद्यार्थीको हस्ताक्षर
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १७:५४:४०
♦ विशाल बस्नेत
१४ फागुन, महोत्तरी । गत शुक्रबार कुटुम्ब ब्याण्डको धुनमा बर्दिबासस्थित देउराली उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु छमछमी नाचिरहेका थिए । ब्याण्डका सदस्यहरुले गीतसहित बजाएका समधुर धुनहरुले स्थानीय अन्य दर्शकहरुलाई पनि नाच्न उत्तिकै उत्साहित गरिरहेको थियो ।
विद्यालयको बायाँतर्फ हस्तलिखित एउटा ब्यानरमा विद्यार्थीहरुको ठूलो भिड थियो । हातमा कलम लिएका विद्यार्थीहरुले उक्त ब्यानरमा पालैपिलो हस्ताक्षर गरिरहेको दृश्य देख्न सकिन्थ्यो ।
ब्यानरको माथि ठुलो अक्षरमा लेखिएको थियो– सफा हरियो र सुन्दर भविष्यको लागि हामी बालबालिकाहरु निरन्तर लाग्न प्रतिबद्ध छौँ । यहि प्रतिबद्धता जनाउन चलाइएको हस्ताक्षर अभियानको लागि विद्यार्थीहरु हस्ताक्षर गरिरहेका थिए ।
जेनेरेसन होप नामक यो अभियानमा सेभ द चिल्ड्रेनले देउराली उच्च माध्यामिक विद्यालयजस्तै मधेश प्रदेशका २१ वटा विद्यालयमा यस्तै अभियान चलाइसकेको छ ।
संगीतको माध्यमबाट बालबालिकालाई सिकाउने र जेनेरेसन होप अभियानअन्तर्गत हरित अभियानमा सहभागी गराउने उद्देश्य सेभ द चिल्ड्रेनको छ । यही उद्देश्यअन्तर्गत अभियान चलाएको १ वर्षमा नै बालबालिकाहरुले १ लाख बिरुवा रोपिसकेको कार्यक्रम संयोजक सुप्रिहा श्रेष्ठले जानकारी दिइन् ।
पछिल्लो समय जलवायु परिवर्तनको असर बढिरहेको बेला यसको न्यूनीकरणका लागि विभिन्न अभियान चलाइएको छ । फरक–फरक संस्थाहरुले जलवायु परिवर्तनले भविष्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालयमा मात्र हैन समुदायस्तरमा समेत सक्रियता देखाएका छन् ।
जागरणको सुरुवात विद्यालयका बालबालिकाबाट हुन्छ भन्ने महसुस गरि सेभ द चिल्ड्रेनले मात्र हैन बर्दिबासमा नै सामुदायिक विकास तथा पैरवी मञ्च र आड्रा नेपालले पनि निकै भुमिका निर्वाह गर्दै आएको छ ।
जलवायु परिवर्तनको लागि स्थानीय पहल (लिरिक परियोजना) ले त धनुषा र महोत्तरीका ६ वटा पालिकाहरुमा अतिरिक्त पाठयक्रमको नै सुरुवात गरेको छ ।
हप्ताको शुक्रवार पढाइ हुने उक्त पाठयक्रम महोत्तरीको बर्दिबास, गौशाला, भंगाहा, औरही नगरपालिका, धनुषाको मिथिला नगरपालिका र बट्टेस्वर गाउँपालिकामा पढाइ भइरहेको उक्त संस्थाका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार