वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १८:५:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news466080.-e1677393332976_LRjQOARZK1.jpg)
१४ फागुन, खोटाङ । खोटाङको सोल्मा स्पोर्टस् क्लवले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमा पछि पारेको हो ।
शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र केपिलासगढी गाउँपालिका–४ बाक्सिला सेमीफाइनलिष्ट बनेका छन् । प्रतियोगीतामा प्रथम, दोश्रो र सेमीफाइनलिष्ट हुने टिमलाई क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । फुटबलको व्यवसायीक विकासमा टेवा पुर्याउने उद्धेश्यकासाथ वडास्तरिय फुटबल प्रतियोगीता आयोजना गरिएको सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । जिल्लाका विभिन्न स्थानीय तहका १८ टिम सहभागी प्रतियोगीता गत फागुन ६ गते प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका थिए ।
स्थानीयको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगीता अवरुद्ध भएकोमा खेलमैदानको काम सकिएपछि पुःन फुटबल प्रतियोगीतालाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।
वडास्तरीय फुटबल प्रतियोगीता समापन अवसरमा सञ्चारकर्मी मनोज आचार्यलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोही कार्यक्रममा रितोरियो कराते खेलाडी विद्याकला राई नगद एक लाखसहित सम्मानित भएकी छन् । खेलकुदको माध्यमबाट जिल्ला र परिवारको नाम फैलाएको भन्दै मावली विक्रम परिवारले विद्याकलालाई नगद सहित सम्मान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
युरोकपमा आज रोमानिया र नेदरल्याण्डस भिड्दै
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ
असार १९, २०८१ बुधबार
हनिमुनमा निस्किए सोनाक्षी-जहीर
असार १९, २०८१ बुधबार
चुरे गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
सभापति लामिछानेले पढ्न रोकेपछि सहमहामन्त्रीले पढे महामन्त्री ढकालको प्रतिवेदन
असार १९, २०८१ बुधबार
सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा घुम्न आएका पर्यटक अलपत्र
असार १९, २०८१ बुधबार
आयल निगमको नयाँ भण्डारणगृह तीव्रगतिमा निर्माण हुँदै
असार १९, २०८१ बुधबार