सन्दीपको संयुक्त रिटमाथि सर्वाेच्चमा सुनुवाइ जारी
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १८:२०:५४
१४ फागुन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग जबर्जस्ती करणी (बलात्कार)को आरोपसम्बन्धी संयुक्त रिटमाथि सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाइ सुरु भएको छ ।
लामिछानेको रिट निवेदन र पीडितको तर्फबाट सरकारले दिएको निवेदनलाई एकै ठाउँमा राखेर न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ अघि बढेको हो ।
सन्दीप लामिछानेले आफूले क्रिके खेल्न विदेश जान पाउनु पर्ने माग निवेदनमा गरेका छन् । सरकारी वकिल कार्यालयले भने उच्च अदालत पाटनले गत पुस २८ गते दिएको आदेश बदर गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ ।
यसअघि शुक्रबार सन्दीपको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ भएपनि विदेश जाने अनुमतिबारे निर्णय भएन । नभएपछि दुवै रिटलाई एकै ठाउँमा राखेर पेशी तोक्न अग्राधिकार दिने आदेश दिएको थियो ।
प्रधान र चुडालको इजलासमा सुरुमै सन्दीपको निवेदन र पीडितको तर्फबाट सरकारी वकिलको कार्यालयले दिएको निवेदन एकै ठाउँमा राखेर सुनुवाइ थालिएको हो ।
उच्च अदालत पाटनले गत पुस २८ गते सन्दीपलाई विदेश विदेश जान बन्देजसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहा भएपनि विदेश जानबाट बन्देज रहेको बेला उनले बन्देज खारेजीको माग गर्दै गएको बिहीबार सर्वोच्चमा रिट निवदेन दिएका थिए । उनले धरौटी रकम पनि कम गराउन माग गरेका छन् ।
यद्यपि पीडित पक्षले पनि उच्च अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै सन्दीपलाई काठमाडौं जिल्ला अदालतको थुनावामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउनुपर्ने आदेशलाई उथावत रहनुपर्ने मागहित सर्वोच्चमा पुनरावेदन गरेको छ ।
सन्दीपमाथि नुवाकोटीक एक नाबालिगमाथि गएकाे भदौ ५ गते राति काठमाडौंको पिंगलास्थान स्थित होटल काठमाडौं इनको एउटा कोठामा पुर्याएर रातभर बलात्कार गरेको आरोप छ । बलात्कारीसम्बन्धी कसुरमा गौशाला प्रहरी वृत्तको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दर्ता गराएको मुद्दा टविचराधीन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार