मानसिक समस्याका कारण प्रेम आचार्यले आत्मदाह गरेको मनोचिकित्सकको दाबी
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १९:६:३४
१४ फागुन, भक्तपुर । गत माघ १० गते दिउँसाे नयाँंबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले दाबी गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जेले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँंग गरेको छलफलमा मनोचिकित्सक डा. दुर्गा थापाले यदि समयमै त्यसको उपचार गरेको भए, त्यो अवस्था नआउने बताइन् । ‘त्यसकारण मानसिक रोगलाई बेवास्ता गर्न मिल्दैन’ उनले भनिन्, ‘मानसिक रोग उपचार गरे निको हुन्छ ।’
शारीरिक रोग जस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि गम्भीर रूपमा लिएर बेलै उपचारको बाटो अपनाउनुपर्ने उनले बताइन् ।
‘औषधिको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ’ उनले भनिन्, ‘मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार