मुगुमा भू तथा जलाधार व्यवस्थापनको सम्पर्क कार्यालय स्थापना
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १९:९:३३
♦ खड्क सुनार
१४ फागुन, मुगु । मुगुमा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेशको जुम्लामा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको सम्पर्क कार्यालय सदरमुकाम गमगढी बजारमा आइतबार कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले उद्घाटन गरेका हुन ।
विशेष गरेर योजनाको सम्झौता, अनुगमन, निवेदन संकलन लगायतका काम हुने भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिए । यस कार्यालयबाट भू(क्षय नियन्त्रण, पानीका मुहान संरक्षण, तटबन्ध, पहिरो रोकथाम लगायतका काम हुने उनले बताए । योजनाको अन्तिम भुक्तानीका लागि जुम्ला नै जानुपर्ने भए पनि निकट भविष्यमा भुक्तानी पनि जिल्लाबाटै हुने साउदको भनाइ छ ।
अहिले कार्यालय प्रमुख सब ईन्जिनियर मञ्जु अवस्थीसहित दुईजना कर्मचारी रहने बताइएको छ । कर्णालीका डोल्पा, हुम्ला र रुकुम पश्चिममा कार्यालय स्थापना गरेसँगै मुगुमा पनि यसको कार्यालय स्थापना हुनु पर्छ भन्ने हेतुका साथ कार्यालय स्थापना गरिएको मन्त्री मल्लको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार