बेपत्ता र सहिद परिवारलाई ओलीले दिए पुन: आश्वसन, अक्षय कोषका लागि सहयाेग गर्ने

नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार २२:५०:२९

१४ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको लागि अक्षयकोष खडा गर्न २ लाख रुपैयाँ दिने आश्वसन दिएका छन् ।
आइतबार बेपत्ता, घाइते र सहिदहरुको सम्मानार्थ काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले सो आश्वसन दिएका हुन् ।
उनले जनयुद्धका घाइतेहरुलाई उपचारमा समस्या परे एमालेको सम्पर्कमा आउन आग्रह गरे। ‘हामी डाक्टर राखेर हेल्थ डेस्क खडा गरेर पनि काम गर्न सक्छौं’ उनले कार्यक्रमबाटै अपिल गर्दै उनले भने । जनयुद्धको फाइदा प्रचण्ड, उनका परिवार र नजिकका मान्छेहरुले मात्रै लिएको बताए ।
सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको घोषणा गर्दै यसै वर्षदेखि सार्वजनिक बिदा दिन सुरु गरेको छ ।
स्वार्थका लागि जस्तोसुकै अवस्थामा माओवादी केन्द्रका अध्यक्ष सहकार्य गर्ने, स्वार्थपूर्तिमा समस्या आउँदा अलग्गिने गालीगलौजमा उत्रने आरोप ओलीमाथि लाग्दै आएको छ । यसपटक पनि उनले उनकै समर्थनमा एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डसँग राष्ट्रपति उम्मेदवारमा कुरा नमिलेपछि दुई जनाबीच फाटो आएको छ । सधैं जनयुद्धको विरुद्धको उभिँदै आएका ओली फाटो आएको दुई दिनपछि नै जनयुद्धका घाइतेहरुको पक्षमा बोल्न सुरु गरेका छन् ।
संसद विघटनका बेला पनि प्रचण्ड सडकमा विरोधमा निस्कँदा उनले २०७८ जेठमा घाइते र बाल लडाकुलाई बालुवाटारमा जम्मा पारेर उपचार र रोजगारको ग्यारेन्टी गर्ने जिम्मा लिने घोषणा गरेका थिए । तर सरकारबाट गहलत्याइएदेखि उनले फर्केर हेर्ने त परैजाओस् कहिल्यै सम्झिने काम समेत गरेनन् ।
माओवादी केन्द्का अध्यक्ष समेत रहेका प्रधामन्त्री प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते मुलुकमा जनयुद्धका घोषणा गरेर १० वर्षसम्म सशस्त्र संघर्ष चलाइएको थियो । सो क्रममा १७ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो भने अझै ८ सय बढी नागरिक बेपत्ता छन् । सयौंको संख्यामा घाइते र अपांगता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार