बालबालिकालाई मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक : प्रदेशसभा सदस्य श्रेष्ठ
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार २३:०:४१
१४ फागुन, भक्तपुर । बालबालिकालाई मोबाइल कम्प्युटर एवं अन्य इलेकट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले बताएका छन । गोल्डेन सुनगाभा बोडिङ स्कुलको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाको मोबाइल आदीको लत छुटाउन विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
हिजो कोरोना आदीका नाममा अनलाइन कक्षा भए मोबाइल ल्यापटप कम्प्युटर अनि ट्यावको बानी बालबालिकालाई पर्यो अव उक्त बानी छुटाउन अभिभावक शिक्षक शिक्षिकालाई गारो परेको बताउँदै श्रेष्ठले अव उक्त बानी छुटाउन नसके भावी पुस्ता नै खतरामा पर्ने बताए । बालबालिकामा भएको सामाजिक सञ्जाल र इलेकट्रोनिक्स ग्याजेटको लतबाट छुटाउन नसक्ने हो भने आगामी पुस्ताको भविष्य नै जोखिममा भएको उनले बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयले ठुलो योगदान रहेको बताए । उनले हाल बालबालिकालाई केवल शिक्षा मात्र नभएर उनीहरूलाई व्यवहारिक ज्ञान पनि दिन सक्नु पर्ने बताउँदै यो विषयमा गोल्डेन सुनगाभा अग्रणी भएको बताए । उनले हाल बालबालिका कुलतमा फस्ने जस्ता विभिन्न समस्यामा पर्न थालेका छन् यसबाट जोगाउन पनि विद्यालयले उनीहरूलाई व्यवहारिक शिक्षा दिनु पर्नेमा उनले जोड दिए ।
उनले हाल निजी विद्यालयमा रहेको समस्या समाधान प्रदेशमा आफूले पहलकदमी समेत गर्ने बताए। यस्तै कार्यक्रममा विद्यालयका सल्लाहकार माधव खत्रीले हिजो पढाउने विद्यालय चाहिएको थियो अव व्यवहारिक शिक्षा दिने विद्यालयको खाँचो भएको बताए । कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कारबाट पुरस्कृत गरेको थियो । कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार