फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरका मुख्यमन्त्री
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १४:२७:३४
मोहन जोशी
१५ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् । दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने शुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले विश्वासको मत लिन खोजेका हुन ।
‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लग्ने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वा गर्ने तयारी पनि गरिएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा एकिकृत समाजबादी पार्टीका कैलाली संयोजक दिर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठयारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन,अब हामी करिव दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौं, र अब यो सरकार दिगो पनि हुने छ ।’
नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अव सुदूरपश्चिम प्रदेश सुरकारलाई विश्वासको मत पाउन सकस नहुने बताए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै प्रदेश सभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अव प्रदेशमा पनि सरकार बन्ने बताए ।
तर यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमनत्री बनाउने भन्ने निर्णय अहिलै नभइसकेको उनको भनाइ छ । राष्ट्रपति निमर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओबादी केन्द्र सहितको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सजिलै विश्वासको मत पाउने परिस्थिती बनेको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओबादी केन्द्रका११, नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । तीन वटै दल मिलेर सरकार बनेको स्थितीमा पनि सुदूरपश्चिम प्रदेश सभामा सरकारसंग ३४ जना प्रदेश सभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार