विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीले बनाए कार्यदल
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २१:४०:२८
१५ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ पार्टीले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम तय गर्न कार्यदल गठन गरेका छन् । सोमबार काठमाडौंमा बसेको बैठकले नेकपा, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजीत बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आगामी राजनीतिक कार्यक्रम र संघर्षका लागि संयुक्त मोर्चा गठन गर्न र संघर्षका कार्यक्रम बनाउन कार्यदल गठन गरेको हो ।
कार्यदलमा संयोजक तोकिएको छैन । संयोजक को बन्ने भन्नेमा सहमत हुन नसकेपछि चारै पार्टीबाट एक एक जना रहने गरी कार्यदल गठन भएको छ । कार्यदलमा विप्लव नेकपाबाट प्रकाण्ड, आहुतीको तर्फबाट जागृत रायमाझी, कर्णजीतको तर्फबाट कणैजीत स्वयम्, कट्टेलको तर्फबाट आरबी भण्डारी रहेका छन् ।
यसअघि यी पार्टीहरुबीच पार्टी एकताकै लागि प्रयास भएपनि त्यो संभव नभएपछि मोर्चा बनाएर संयुक्त रुपमा राजनीतिक कार्यक्रम अगाडि बढाउन लागिपरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार