बीरगञ्ज महानगरमा कम्प्युटर अपरेटरका लागि दरखास्त धेरै
आबिद हुसेन
फागुन १४, २०७९ आइतबार २१:३९:१७
१४ फागुन, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले विभिन्न पदका लागि आह्वान गरेको दरखास्तमा झण्डै १७ सय जनाले आवेदन बुझाएका छन् । जसमध्ये सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ ।
कम्प्युटर अपरेटरमा सबैभन्दा धेरै १ हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो । चौंथो तहको कम्प्युटर अपरेटरमा ३३ जनाका लागि महानगरले दरखास्त आह्वान गरेको थियो ।
‘३३ जना चौंथो तहको कम्प्युटर अपरेटर माग भएकोमा यसैमा सबैभन्दा धेरै दरखास्त परेको छ,’ उहाँले भन्नुभयो, ‘अन्य पदहरुमा पनि माग भन्दा धेरै नै आवेदन परेका छन् ।’ आवेदन बुझाउने बिहीबार अन्तिम दिन सम्ममा विभिन्न पदमा १ हजार ६ सय ८२ जनाले आवेदन बुझाएको पौडेलले जानकारी दिए ।
२ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जनाको आवेदन परेको छ । यस्तै १र१ जनाको माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमशस् २८ र ३१ जनाको आवेदन परेको छ ।
अमीन सहायक चौंथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ । खुला प्रतिष्पर्धा बाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले महानगरले गएको माग २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । परीक्षा मिति भने अहिले तय भइ नसकेको र केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार