टोयोटाको विश्वव्यापी कार बिक्री दरमा गिरावट
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २२:५४:३
१५ फागुन, एजेन्सी । टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५।६ प्रतिशतले कमी आएको जानकारी गराएको छ ।
जापानको आइची प्रिफेक्चरमा मुख्य कार्यालय रहेको कार कम्पनीले रिपोर्टिंग अवधिमा यसको बिक्री कूल सात लाख नौ हजार ८७०युनिट भएको बताएको छ ।सेमीकन्डक्टरको अभावले विश्वभरका अटोमेकरहरूलाई पिरोलिरहेको समय जापान र विश्वको सबैभन्दा ठूलो कार कम्पनी टोयोटा यसको अपवाद बन्न नसकेको कम्पनीले जनाएको छ ।
प्रियस हाइब्रिड र कोरोला सेडान मोडलको निर्माता कम्पनीले रेकर्डिङ अवधिमा विदेशमा यसको बिक्री ९।७ प्रतिशतले घटेर पाँच लाख ७९ हजार ६५२ युनिटमा झरेको जनाएको छ । टोयोटाका अनुसार जनवरीमा उत्तर अमेरिकी र चिनियाँ बजारमा बिक्रीमा उल्लेखनीय गिरावट आएको छ ।
यसैबीच, टोयोटाले जापानमा कार निर्माता यस कम्पनीको बिक्री १८।० प्रतिशतले बढेर उक लाख ३० हजार २१८ युनिट पुगेको बताएको छ । आफ्नो लोकप्रिय हाइल्याण्डर एसयूभीका लागि चिनिने टोयोटाले रेकर्डिङ अवधिमा उत्पादनमा वृद्धि देखेको छ र विश्वव्यापी उत्पादन ८।८ प्रतिशतले बढेर छ लाख ८९ हजार ९० युनिट पुगेको छ ।
टोयोटाका अनुसार दुई लाख ११ हजार ५७२ युनिटको उत्पादन ३० प्रतिशतले बढेको छ । उत्तरी अमेरिका र युरोपमा ठोस वृद्धिले विदेशी उत्पादन १।४ प्रतिशतले बढेर चार लाख ७७ हजार ५१८ युनिट पुगेको छ । टोयोटाले फेब्रुअरीमा सात लाख ५० हजार युनिट उत्पादन हुने प्रक्षेपण गरेको छ भने मार्चमा नौ लाख गाडी उत्पादन हुने अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार