सत्ता र शक्तिको खेलः कम्युनिष्ट नेताहरु अस्थिर राजनीतिका कारक किन बने ?
भेषराज पोखरेल
फागुन १६, २०७९ मंगलबार १०:५४:२०
पुष १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँगको सत्ता भागबण्डा नमिलेर दौड्दै एमालेका अध्यक्ष केपी ओलीसँग मिल्न गए । सत्ता शक्तिबाट बाहिर रहने अवस्थामा पुगेको एमाले दाहाल दौड्दै आएपछि भुकमा माछा परेजस्तै खुशी नहुने कुरै भएन । तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्रीको पगरी गुथाएर राष्ट्रपतिसहित अन्य महत्वपूर्ण पद लिएर शक्तिशाली बन्ने योजन बुन्यो । कांग्रेसबाहेक लगभग अन्य सबै साना दलहरुले सो समीकरलणलाई समर्थन गरे ।
ओली सत्ताधारी दलहरु संलग्न सत्ता सञ्चालन कार्यदलको संयोजक बने । यो गठबन्धन कम्युनिष्ट दलबीच भए पनि सिद्धान्तमा आधारित थिएन । एमाले र माओवादी केन्द्र मिल्ने र अरुलाई पनि मिलाएर बलियो कम्युनिष्ट शक्ति बनाउन चाहेका थिएनन्, मात्र सत्ता, शक्ति हत्याउन गठबन्धन गरिएको हुनाले भत्कन पनि लामो समय लागेन । प्रधानमन्त्री दाहाल सुरुमा प्रधानमन्त्री पद लिन ओलीसँग गठबन्धन गर्न दौडे पनि केही दिनमै ओलीको अनुहार हेर्दै, आफ्नो अनुहार हेर्दै तर्से । यही गठबन्धन रहे आफू र आफ्नो दलको अस्तित्व रहन सक्दैन भन्ने निष्कर्षमा पुग्न धेरै समय लागेन । उनले कांग्रेससँगको सहकार्यमा यी दुवै कुराको सुनिश्चितता देखे । कम्युनिष्ट दल एमालेसँगको गठबन्धन त तोडे तर कांग्रेससँगको गठबन्धनमा पनि उही सत्ता र शक्तिको मोलमोलाइमा समय खर्च गरे भने उनी र उनको दल जनताको आँखामा कसिंगरका रुपमा रहने छ । होइन न्यूनतम सहमतिमा प्रजातान्त्रिक धारलाई बलियो बनाएर अघि बढे भने माओवादी केन्द्र र उनको शक्ति राम्रै अवस्थामा रहनेछ ।
पछिल्लो समय नेपालको राजनीतिमा भएको सैद्धान्तिक पक्ष कमजोर बन्दै गएको छ । माओवादी क्रान्तिकारी कम्युनिष्ट भन्दै आए पनि विश्व परिस्थिति र नेपालकै अवस्थाले उसले त्यो रुझानलाई सशक्त बनाउँदै अघि बढ्न सकेन । अर्को, दाहाल र माओवादी केन्द्र अन्य नेताको अतिमहत्वाकांक्षा तथा सुविधाभोगी प्रवृत्तिले त्यो धारमा टिकिरहन कठिन भयो । नेताहरुको कार्यव्यवहारलाई हेर्दा एकातिर सुविधाभोगी अर्कातिर सिद्धान्त प्रयोगको अलमल र अल्प ज्ञानका कारण उनीहरुलाई नरम धारतिर धकेल्दै लग्यो ।
प्रजातान्त्रिक धार जसरी पनि बढी सुविधाजनक हुने भएकाले एमालेभन्दा कांग्रेस माओवादीका लागि उपयुक्त बन्न गयो । एमाले कम्युनिष्ट त हो तर उसले कम्युनिष्ट व्यवहार छाडी एनजीओ, आइएनजीओका इसारामा रमाएर घोर पुँजीवादी बनेको धेरै समय भइसक्यो । सो दलका नेताहरु पुँजीवादमा मात्रै होइन चरम दलालीकरणमा डुब्दै आएका छन् । ठूलो दल, राम्रो संगठन भए पनि सिद्धान्त शून्य नेताको व्यवहारका कारण पछिल्लो कालमा अनेक प्रकृतिका अस्वाभाविक लाग्ने विकासका नारा र ओठे राष्ट्रियतामा मात्रै टिक्ने अवस्थामा पुगेको छ । कुनै पनि विषयमा गम्भीर भएर एउटा निश्चित प्रक्रिया तयार गरेर अघि बढ्न सक्ने अवस्थामा छैन । संविधानमै प्रहार गर्ने दाउमा देखिन्छ । पछिल्लो समय त ओली नै सिद्धान्त, छलफल, बहस सबै बन्न पुगेका छन् । एमाले अध्यक्ष केपी ओली ठूला पुँजीपति दलालको घेरामा बसेर शक्तिको अभ्यास गर्ने भएकाले जनमतमा कमजोर तर सत्ता र शक्तिको चरम महत्वाकांक्षा भएका दाहाल ओलीको अगाडि टिक्न कठिन पर्न गयो ।
प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धनसँग अलग्गिनुको कारण सत्ता र शक्तिको भागबण्डा त थियो नै, ओलीको गठबन्धन त्यागेर देउवाको गठबन्धनमा आउनु बढी नरम तथा बढी प्रजातान्त्रिक व्यवहारको खोजी पनि हो । यो कुरा पहिले नै महसुस गरेको भए राजनीति अस्थिर बनाउने कारकको छाप दाहालमाथि लाग्ने थिएन । नयाँ गठबन्धनमा दाहालको प्रधानमन्त्री त खोसिने छैन, बरु केही महत्वपूर्ण मन्त्रालय पनि थपिने नै छन् ।
यस्तो अवस्थामा विकासका योजना अघि बढाउने कुरा, वैदेशिक सम्बन्धका कुरा, शिक्षा, स्वास्थ्यका कुरा, कर्मचारी संयन्त्रलाई चुस्त दुरुस्त र सक्षम तथा जिम्मेवार बनाउने कुरा, सानादेखि ठूला नीतिगत भ्रष्टाचारका कुरामा गम्भीर भएर अघि बढ्लान् कि उही पहिलेको गठबन्धनको सरकार जस्तै कमीकमजोरीका चाङमा बसेर ठूलो क्रान्तिकारी भएको भाषण गर्ने होलान् ? यसले उनको, मओवादी केन्द्र र कांग्रेसको पनि भविष्य निर्धारण गर्नेछ । पहिलेको सरकारलाई अनेकौं उपमा दिएका ओलीले यो सरकारलाई पनि त्यही रुपमा लिनेछन् । उनका उपमाको उत्तर कामबाट मात्रै दिन सकिने छ । यदि लोकतान्त्रिक गठबन्धन बनाएकै हो भने सबै दलको सम्मान गर्ने, कुनै पनि मन्त्रालयलाई समान रुपमा हेर्ने, अहिलेसम्म नभएको अन्तरमन्त्रालय समन्वय तत्काल सुरु गरिहाल्नुपर्छ । यसो भयो भने विकासले गति पाऊला ।
अहिलेको समयसम्म आइपुग्दा कांग्रेस पनि सिद्धान्त कम तर सत्ता र शक्तिको अभ्यासमा बढी जोड दिँदै आएको छ । दलालीकरणको जालोबाट कांग्रेस पनि मुक्त हुने अवस्थामा छैन । कांग्रेस सभापति देउवा र उनको समूह त्यही जालोमै रमाइरहेका छन् । यति हुँदाहुँदै पनि कांग्रेसमा सभापतिको कार्यशैली, कमजोरीप्रति औंला ठड्याउन सक्ने युवा नेतहरुको जमात ठूलै छ । यसले थोरै भए पनि प्रजातान्त्रिक अभ्यास कायम राख्ला कि भन्ने आशा बढाएको छ । यति हुँदा हुँदै पनि देउवाको शक्तिलाई कम गर्न भने सक्ने अवस्था छैन ।
पछिल्लो राजनीतिक घटनाले कांग्रेसलाई चोखो देखाउने छैन । उसलाई पनि सत्ता र शक्तिको होडबाजीमा लागेको आरोप आइसकेको छ, अझ थप आइरहने छ । यसबाट पार पाउन उसले गम्भीर भएर सोच्नु आवश्यक । वास्तविक प्रजातान्त्रिक दलका लागि सत्ता वा प्रतिपक्ष दुवै उस्तै हुन् । काम गर्ने हो, राष्ट्रका विविध समस्यामा विसद् चिन्तन, मनन गरेर अघि बढ्ने हो भने सत्ता वा बाहिर उस्तै हो । सत्ता र शक्ति मात्रै प्राथमिकताको विषय हो भने सत्ता महत्वपूर्ण हुने नै भयो । यो सत्ताले कांग्रेसलाई कति समयसम्म ज्यूँदो राखिरहला त ? प्रजातान्त्रिक शक्ति भएकाले कांग्रेसप्रति जनताको भरोसा अझै छ तर पटक पटक धोका खाएकाले जनता त्यति खुसी देखिँदैनन्, शंकाको दृष्टिले नै हेरिरहेका छन् ।
कांग्रेसले विकास, भ्रष्टाचार निर्मूल, दलालीकरण अस्वीकार वा त्यसलाई हटाउने पहल, शिक्षा, स्वास्थ्यमा जोड, वैदेशिक नीतिमा स्पष्टता, तल्लो वर्गको उत्थानमा विशेष पहल जस्ता अनेकौं काममा ध्यान दिन नसक्ने हो भने जनताको मन फर्कने छैन । गठबन्धनको नेतृत्वकर्ता भएकाले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीदेखि अन्य साना दलको सहकार्यमा यी कुरामा थोरै मात्रै प्रगति गर्न सके कांग्रेसप्रति राष्ट्रिय रुपमा त भरोसा हुने नै भयो अन्तर्राष्ट्रिय जगतले पनि राम्रो मान्नेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार