केपिलासगढी र टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १६:४७:१६
१६ फागुन, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ । केपिलासगढी गाउँपालिका–१ फेदी र टेम्के मैयुङ गाउँपालिका–१ तिम्मा जोड्ने ‘फेदी–धोद्रे–भोजपुर सडक’ उद्घाटन गरिएको हो । फेदीबाट धोद्रे–भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामोचौंरसम्म र भोजपुरतर्फबाट धोद्रेको भालु खोलासम्म सडक बनिसकेको अवस्थामा केपिलासगढी गाउँपालिकाले साँढे १० लाख बजेट खर्च गरेर बीचको बाँकी डेढ किलोमिटर खण्ड खनेर सडकलाई जोडिएको हो ।
उपभोक्ता समितिमार्फत सडक जोड्ने काम पुरा गरिएको हो । भोजपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको सडक बनेसँगै स्थानीय हर्षित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए । यस सडकले अन्तर जिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीयलाई पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडकभन्दा छिटो र छोटो वाटो खुलेको छ । ‘फेदी–धोद्रे–भोजपुर सडक’मार्फत झण्डै दुई घण्टामा भोजपुर पुग्न सकिने वातावरण बनेको गाउँपालिका अध्यक्ष राईले बताए ।
सडक उद्घाटन कार्यक्रममा खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राई, सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राई, बासपानीका वडाध्यक्ष तुलाराम राई, वडा सदस्य, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार